तेक्वान्दोको नतिजाप्रति सन्तुष्ट छु, तर लगानी तेक्वान्दोमा कम भयो : महासचिव दीपराज गुरुङ



प्रकाशित मिति : Dec 08, 2019

काठमाडौं । दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दो अन्तर्गत नेपालको प्रदर्शन कहिल्यै पनि कमजोर देखिएको थिएन । तर, १२ औं सागमा खराब प्रदर्शनका कारण आलोचित बनेको नेपालले जारी १३ औं सागमा १२ स्वर्ण, ६ रजत र ११ वटा कांस्य जित्दै पुनः पूरानो रवाफ फर्काउन सफल भएको छ ।

यसै विषयमा न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा तेक्वान्दो संघका महासचिव दीपराज गुरुङसँग विशेष कुराकानी गरेको छ ।

टिभी जर्नलिष्ट बीरेन्द्र जैरुसंग कुराकानी गर्दै संघका महासचिव गुरुङले जारी १३ औं सागमा नेपालले तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ वटा कांस्य हात पार्दा आफू सन्तुष्ट रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो–‘वैदेशिक प्रशिक्षणमा धेरै समय दिन सकेको भए अझ राम्रो हुनसक्थ्यो । तर, पर्याप्त भन्ने कुराको सीमा हुँदैन ।’ नेपालले तेक्वान्दोमा अन्य मुलुकहरु जस्तै माथि जान नसक्नु र पहिलेको रवाफलाई कायम गर्न नसकेको विषयमा बोल्दै उहाँले भन्नुभयो–‘हाम्रो मुलुकमा खेलकुदको जुन संरचना छ, त्यसलाई अन्तराष्ट्रिय विधि अनुसार अगाडि बढाउन सक्यो भने राम्रो हुन्छ ।’

उहाँले थप्नुभयो–‘हामी किन तल गयौं भन्दा हाम्रो संस्था तेक्वान्दो संघमाथि चाँही जुन किसिमको नकारात्मक क्रियाकलाप गरियो । त्यस्तै दोस्रोमा आर्थिक लगानी हो, जबसम्म लगानी हुँदैन तबसम्म प्रतिफल प्राप्त हुँदैन । हामीले सहभागितामा मात्रै ध्यान दियौं ।

सहभागितामा मात्रै खर्च ग¥यौं । तर, त्यसको तयारीमा चाँहि खर्च कम ग¥यौं । खेलाडीहरुलाई विना तयारी प्रतिपर्धामा धकेलियो ।’उहाँले फेरि भन्नुभयो–‘तेक्वान्दोमा लगानी न्यून छ ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com