देशलाई स्वर्ण दिलाउने प्रयास असफल भएपनि देशवासीको मन भने जितेछौं : कप्तान अरुणा शाही



प्रकाशित मिति : Dec 06, 2019

काठमाडौं । भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिए पछि नेपाली महिला भलिबल टोलीले देशको लागि अमूल्य उपहार पस्केको छ ।

राष्ट्रिय खेल घोषित भएपछि नेपालमा भलिबलप्रतिको लगाव पनि चुँलिदो छ । भौगोलिक कारणले पनि नेपालमा अझै भलिबललाई लोकप्रिय खेलको रुपमा लिइन्छ ।

त्यसमाथि यसपटक नेपालमा जारी १२ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाल राष्ट्रिय महिला भलिबल टोलीले देखाएको संकेत र दिएको सन्देशले आम नेपाली खेलप्रेमी भलिबलप्रति झनै आकर्षित र उत्साहित भएका छन् ।

स्वर्ण पदक नजिक पुगेर चुकेको नेपाली महिला भलिबल टोली स्वर्ण नजिते पनि आम नेपालीको मन जित्न सफल बन्दा भारत जस्तो एकक्षत्र राज गरिरहेको देशलाई कडा चुनौती पनि दिन सफल भएको छ ।

फाइनल पुग्दासम्म स्वर्ण जित्ने बुनिएका सपना साकार नभएपनि आम नेपाली र दर्शकहरुको माया र साथले गर्दा दुखी नभएको नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा शाहीले बताउनु भएको छ ।

न्यूज ट्वानटीफोर टेलिभिजनको नियमित कार्यक्रम छ प्रश्नमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै कप्तान शाहीले नेपाललाई स्वर्ण जिताउने हर प्रयास असफल भएपनि नेपाल र नेपालीको मन जितेको उहाँको भनाइ छ ।

भारतसँगको अन्तिम प्रतिस्पर्धामा नेपाली टोलीको ‘माइनर मिस्टेक’ले रजतमा चित्त बुझाउनु परेको उहाँले बताउनुभयो ।

कप्तान शाहीसंगको कुराकानी विस्तृतमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com