राखेपका सदस्य सचिव सिलवालको झुट दश मिनेट पनि टिकेन, खेलाडीले लाइभमै दिए जवाफ (भिडियो)



प्रकाशित मिति : Dec 06, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. खेलाडीले सागमा समेत राखेपको साथ पाएनन् !

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अहिले नेपालमा जारी छ । यसको उद्घाटन भव्य भयो । विभिन्न खेल विधामा नेपाली खेलाडीहरुले राम्रो प्रर्दशन गर्दै ३६ भन्दा बढी स्वर्ण पदक जितिसकेका छन् ।

तर, सागमा सहभागी नेपाली खेलाडीहरुले भोग्नु परेको समस्या भने कम्ती दुखद छैनन् । आयोजकले सरकारका मन्त्रीहरुलाई समेत दौरा–सुरवाल दिएको चर्चा भैरहेका बेला खेलाडीहरुले भने तयारी गर्ने साधननै पाएनन् ।

१३ आँै सागमा सुटिङ खेल पनि समावेश गरिएको छ । यसमा नेपालका खेलाडिहरु पनि सहभागी छन्, तर उनीहरुले तयारी गर्ने सुटिङ गर्नकै लागि गनको अभावमा आफ्नै प्रतिस्पर्धीसँग गन मागेर तयारी गरिरहेका छन् ।

२. जनप्रतिनिधिकै मिलेमत्तोमा काठ तस्करी !

नुवाकोट । स्थानीय तहकै जनप्रतिनिधिको मिलेमत्तोमा नुवाकोटमा ठूलो परिमाणमा अवैध रुपमा काठ तस्करी भएको पाइएको छ ।

कानूनी प्रकृयाबाहेक ओसार(पसार गर्न प्रतिबन्धित मानिएको सालको काठ तस्करीमा बेलकोटगढी नगरपालिका वडा नं. १२ का वडाध्यक्ष डिल्लिराम सिलवालको मिलेमत्तोमा ओसार(पसार भइरहेको अवस्थामा नुवाकोट प्रहरीले फेला पारेको हो ।

बेलकोटगढी वडा नं. १० बाट सदरमुकाम विदुरतर्फ अवैध ढंगले लैजाँदै गरेको अवस्थामा गत मंगलबार साँझ दुई ट्रक काठ बरामद गरिएको छ ।

त्यस्तै यस घटनामा संलग्न दुइ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बा३क १४५२ र बा४ख ९४०७ नंबरमा दुईवटा ट्रकमा एकसय ३० दशमलव ४० घनफिट बराबरको २५ गोलिया साल र ६ दशमलव ७७ घनफिट असना नामको ३ गोलिया काठ बरामद गरी जिल्ला वन कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com