‘मेरो आवाज नै हैन’ भन्ने सिद्धबाबाको झुट, आफ्नै अनुयायीको फोनबाट गल्ती स्वीकार्दै माफी मागेको थप खुलासा ! (भिडियो)



प्रकाशित मिति : Dec 03, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २६४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. सिद्धबाबा भनिने कृष्णदास गिरी प्रहरी नियन्त्रणमा, फेरि पनि झुट बोल्दै !

काठमाडौं । आफ्नै अनुयायी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आफूलाई सिद्धबाबा बताउँदै आएका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन म्याद थप गरेको छ ।

अचम्मको कुरा त के छ, भने उनलाई अदालतले अस्पतामै राखेर अनुसन्धान गर्न निर्देशन दिएको प्रहरीको दाबी छ । उजुरी दर्ता भएपछि गत शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट पक्राउपूर्जी जारी भएको थियो ।

तर, उच्च प्रहरी अधिकारीसँगको कनेक्सनकै कारण कृष्णदासलाई तत्काल नियन्त्रणमा नलिई पीडित भनिएकी महिलालाई उजुरी फिर्ता गराउन दबाब दिन प्रहरीले सयम दियो ।

२. कीर्ते गरी सरकारी काम हत्याउने कैलालीका दुई व्यपारी प्रहरीको खोजीमा

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१ मेनरोडमा अवस्थित अमित मेडिसिनले ठेक्का हत्याउनकै लागि आर्थिक बर्ष २०७३/७४ को कर चुक्ता गर्न कीर्ते कागजपत्र बनाएको तथ्य भेटिएको छ ।

गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षको औषधि खरिदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर अधिकृतको हस्ताक्षर, कर कार्यालयको लेटर प्याडनै कीर्ते गरी कर चुक्ताको प्रमाणपत्र बनाएको छ ।

अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत र प्रदीप अग्रवालले अमित मेडिसिनको २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र टेण्डरमा पेश गरेको थियो ।

३. सामुदायिक विद्यालयको भवनमा बर्षौदेखि कोटेश्वर क्याम्पसको कब्जा !

काठमाडौं । कोटेश्वरस्थित सरस्वति माध्यमिक विद्यालयको भवन कोटेश्वर बहुमुखी क्याम्पसले कब्जा गरेपछि विद्यालयको पठन पाठनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

सरस्वति मावि सामुदायिक विद्यालय हो, भने कोटेश्वर बहुमूखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो ।

सामुदायिक विद्यालयको सबै आर्थिक तथा भौतिक संरचना नेपाल सरकार अन्तर्गत हुन्छ । अनि सम्बन्धन प्राप्त क्याम्पसको आफ्नै संरचना हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com