साग पुरुष फुटबल : भूटानविरुद्ध नेपालको शानदार जित



प्रकाशित मिति : Dec 03, 2019

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा भूटानविरुद्ध नेपालले शानदार जित निकालेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० गोल गर्दै भूटानलाई पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमा सुजल श्रेष्ठले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ५० औं मिनेटमा सुजल श्रेष्ठ आफैले दोस्रो गोल गर्दै २–० ले अग्रता दिलाए ।

त्यस्तै खेलको ५५ औं मिनेटमा अभिषेक रिजालले अर्को गोल गर्न सफल बने, भने मिन्छेन तामाङले ७६ औं मिनेटमा निर्णयक गोल गरेसँगै नेपालले ४–० को शानदार जित निकालेको हो ।

पहिलो खेलमा बंगलादेशलाई हराएको भूटानले भने गोल गर्न असफल भयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com