साग पुरुष फुटबल: भूटानविरुद्ध नेपाल ४–० ले अगाडि (अपडेट)



प्रकाशित मिति : Dec 03, 2019

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा नेपालले ४–० को अग्रता लिएको छ । खेलको पाँचौ मिनेटमा सुजल श्रेष्ठले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा पनि सुजल श्रेष्ठले नै दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएका हुन् । उनले खेलको ५० औं मिनेटमा दोस्रो गोल गर्न सफल बने ।

त्यस्तै खेलको ५५ औं मिनेटमा अभिषेक रिजालले अर्को गाले गर्न सफल बने । त्यस्तै मिन्छेन तामाङले ७६ मिनेटमा अर्काे चौथो गोल गरे। मिन्छेनले नेपाललाई ४ –० को अग्रता दिलाएका छन्।

भूटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । भारत नआउने भएपछि अन्तिम समयमा फुटबलको तालिका फेरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com