उसुमा सुस्मिता र विजयले दिलाए दुई स्वर्ण



प्रकाशित मिति : Dec 03, 2019

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।

उसुतर्फको पहिलो प्रतिस्पर्धामा थाउलुतर्फ महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । महिलातर्फ अन्यमा श्रीलंका पिएजी वाथसालाले ८.५५ स्कोरसहित रजत पदक र बंगलादेशका नुर बहेर बेगमले ७.५३ स्कोर सहित कास्य पदक हात पार्न सुफल रहे ।

त्यस्तै उसुको थाउलोमै विजय सिञ्जालीले अर्को स्वर्ण जित्न सफल भएका छन् । मंगलबार लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा विजयले ९.४८ प्वाइन्ट बनाएका हुन् । त्यस्तै बंगलादेशका मोहम्म्द ओमारले ९.३४ स्कोरसहित रजत पदक र श्रीलङ्काका सौम्य प्रभाकरले ९.१३ स्कोर सहित कास्य पदक प्राप्त गरे ।

नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जित्न सफल रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com