डुवाथाेलनमा नेपालले जित्याे स्वर्ण, एक रजत पनि



प्रकाशित मिति : Dec 03, 2019

काठमाडाैँ, १७ मंसिर । जारी १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ अन्तर्गत डुवाथोलनमा पनि नेपालले स्वर्ण पदक जितेकाे छ । साथै साेही खेलमा नेपालले १ रजत पनि हात पारेकाे छ ।

मंगलबार भएकाे पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्णपदक दिलाएका हुन् । त्यसैगरी लक्ष्मण मल्लले रजत पदक हात पारेका हुन् । यससँगै नेपालले ‘ट्रायथोलन’ विधामा मात्रै चार पदक हात पारेकाे छ ।

सोमबार पाेखरामा सोनी गुरुङले ट्रायथोलनमा १ स्वर्ण पदक जितेकी थिइन् भने पुरुषतर्फ बसन्त थारुले एक कास्य पदक जितेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com