प्रधानमन्त्रीसँगको फोटो देखाएर ८० लाख ठगी, एउटै औषधिको फरक–फरक मूल्य ! (भिडियो)



प्रकाशित मिति : Nov 28, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ४६२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गर्नुका साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्ति÷निकायसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. प्रदेश सरकारका सचिवको गाडी सिक्ने रहर, ईन्धनमा पनि अनियमितता देखियो !

हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडास्थित आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डाक्टर मुकुन्द प्रसाद पौडेलले हात सफाई गर्न भन्दै कार्यालय समयमा हेटौंडाको सनवुड कोलोनीमा प्रदेश ३–०३–०००१ झ ०००२ नम्बरको सरकारी गाडी सिक्दै थिए ।

सचिव पौडेलेले गाडी सिकेको भिडियो प्रत्यक्षदर्शीले न्यूज २४ को टिमलाई पठाएका छन् । उक्त भिडियोको बारेमा बुझ्न खोज्दा सचिव पौडेलले यताउता मिलाएर रिपोर्ट बजाउने त होलानी भन्दै धम्काए ।

उनले ‘तपाई मेरो पछि लाग्नु भएको छ । मैले चलाएको हो । के गर्नुहुन्छ गर्नुस् । अगाडि, पछाडि, ब्याक गरेर चलाएको हो, के गर्नुहुन्छ ? गर्नुस् । न्यूज २४ मा रवि लामिछानेलाई भनेर पठाउन पनि सक्नुहुन्छ । तपाईहरु यताउता मिलाएर रिपोर्ट बनाउने त होला नि ! हुन्छ गर्नुस् । म जे गरु, तपाईलाई के को टाउको दुखाई ?’ भन्दै धम्क्याएका छन् ।

२. औषधि कम्पनीहरुको मनलाग्दी मूल्य, मारमा उपभोक्ता

काठमाडौं । मानिसको आधारभुत आवश्यकता मध्येको एक हो औषधि । तर, त्यही औषधिमा कम्पनीहरुले उत्पादन मूल्य भन्दा धेरै गुणा बढी मूल्य राखेर उपभोक्ता ठग्ने गरेको पाइएको छ ।

एउटै जेनेटिक नाम र एउटै रोगका लागि प्रयोग हुनै औषधिको फरक–फरक मूल्य राखेर उपभोक्ता ठग्ने गरेको केही तथ्य हामीले जम्मा गरेका छौँ । जसमध्ये केही औषधिहरु यस्ता छन् ः

म्युप्रोसीन : छालाको एलर्जी हुँदा प्रयोग गरिने यो औषधिको देउराली जनता फर्मास्युटिकल्सले कम्पनी नाम म्युरोक नाम राखेर अधिकतम खुद्रा मूल्य १३० रुपैयाँमा राखेको छ ।

त्यही औषधिकोे आर्या फर्माले मुपिर नाम राखेर १४५ रुपैयाँमा बेच्दै आएको छ र एम्टेक मेडिसिन प्रालिले पनि एम–पावर नाम राखेर १४५ रुपैयाँमा नै बेच्दै आएको छ ।

३. युएनको कार्यक्रमको नाममा ठगी गर्दै स्याङ्जाका बिष्णु पाठक

काठमाडौं । काठमाडौंमा रोजगारीको खोजीमा भौतारिरहेका युवाहरुलाई आर्कषक तलब÷सुविधामा वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठग्नेको सूचीमा स्याङजा वालिङ नगरपालिका–१३ बाँयटारका बिष्णु पाठक पनि परेका छन् ।

उनले स्याङजा, पाल्पा, गुल्मी, नुवाकोट तथा काठमाडौंकै धेरै युवालाई युएन भिषामा कोरिया, जापान, जर्मन, अमेरिका पु¥याइदिने भन्दै २ लाखदेखि २२ लाखसम्म असुलेको पीडितहरुको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com