बोक्सा बोक्सीको आरोपमा माइन्युट गरेरै गाउँ निकाला ! ‘ठग’ मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिइने (भिडियो)



प्रकाशित मिति : Nov 26, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने मेडिकल कलेजहरुको अडान

काठमाडौं । निजी मेडिकल कलेजहरुले एमबीबीएसका विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेटेर एमबीबीएसका विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान लिएका हुन् ।

सरकारले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम सकिएसँगै मेडिकल कलेजहरुले शुल्क फिर्ता गर्न नसक्ने अडान लिएका हुन् । मंगलबार (आज) मात्रै शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने भन्दै शिक्षामन्त्री पोखरेललाई पत्र बुझाएका हुन् ।

२. दोलखामा बोस्का–बोक्सीको अरोपमा माइन्युट उठाएर गाउँ निकाला !

दोलखा । हामी २१ औं शताब्दीमा छौं, भनेपनि नेपाली समाजको चेतनामा अझै परिवर्तन आउन सकेको छैन । अझैँपनि नेपाली समाजमा कथित बोक्सा–बोक्सीमा विश्वास गरिरहेको छ ।

र, धेरै निर्दोश मानिसहरु यस्ता अन्धविश्वासको शिकार भइरहेका छन् । यसैबीच दोलखा बिगु गाउँपालिका स्याखु घर भएका ५८ वर्षीय रत्नबहादुर श्रेष्ठ र उनकी ५७ वर्षीया पत्नी कृष्णकुमारी श्रेष्ठ पनि यही अन्धविश्वासको शिकार बनेका छन् ।

स्याखुका स्थानीयहरुले श्रेष्ठ दम्पती बोक्सा–बोक्सी भएको भन्दै सामाजिक बहिस्कार गरेका छन् । त्यति मात्रै होइन, उनीहरुलाई गाउँबाटै निकाला गरिदिएका छन् । गाउँलेहरुले बोक्सा–बोक्सीको आरोप लगाएर गाउँबाटै निकाला गरेपछि श्रेष्ठ दम्पती अहिले न्यायको लागि भौतारिरहेका छन् ।

३. दुई पटकसम्म मन्त्री बनेका पूर्व माओवादी नेता लोकेन्द्र विष्ट कृषि पेशामा

दाङ । अहिले आँफूलाई गरिब निमुखा तथा सर्वहाराका नेता भन्न रुचाउने नेताहरुको जीवनशैली पूर्व राजा–महाराजाको भन्दा कम देखिदैन् ।

अझ भन्नुपर्दा एक पटक मन्त्री, प्रधानमन्त्री भइसकेका अधिकांश नेताहरुको त ठूल–ठूला निर्माण कम्पनी, उद्योग, मेडिकल कलेज, क्रसर उद्योगहरुमा प्रत्यक्ष÷अप्रत्यक्ष लगानी हुनु अब सामान्य भइसक्यो ।

तर, लामो जनयुद्धमा लागेर दुई पटकसम्म मन्त्री भइसकेका लोकेन्द्र बिष्टको अहिलेको दैनिकी हे¥यौं भने एक छिन् सोच्नै पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com