लुम्बिनी भारतको भन्दै लुम्बिनीमै गलत प्रचार ! सीएमसीको होस्टेलमा सर्ट गन राखेर फसाउन खोजेको आरोप (भिडियो)



प्रकाशित मिति : Nov 23, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्ति विशेषसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. भारतीय पथ प्रदर्शकले लुम्बिनीको गलत प्रचार गरेपछि…

लुम्बिनी । छिकेकी मुलुक भारतले बेला–बेला गौतम बुद्ध भारतमा जन्मिएको भन्दै सार्वजनिक अभिव्यक्ति नै दिने गरेको छ ।

जसका कारण विभिन्न देशमा लुम्बिनीबारे गलत प्रचार भइरहेको छ । यसैक्रममा शुक्रबार बुद्धको जन्मभूमि लुम्बिनीमै गलत ब्यानर देखिएको छ ।

विदेशी पर्यटकहरुले लुम्बिनीमा फोटो खिच्ने ठाउँ, जहाँ ‘Welcome to India the holy land of Buddha‘ अर्थात् बुद्धको पवित्र जन्मभूमि भारतमा स्वागत छ, लेखिएको छ ।

२. मेडिकल कजेलका सञ्चालकद्वारा विद्यार्थीलाई धम्की, आर्मी मेडिकल कजेलमा पनि त्यस्तै !

काठमाडौं । हामीले केही समय अघि कार्यक्रममा निजी मेडिकल कलेजले मात्रै होइन, नेपाल आर्मीले सञ्चालन गरेको नेपाल आर्र्मी इन्सिच्युट अफ हेल्थ साइन्सले पनि विभिन्न शुल्कमा ८ लाख रुपैयाँ अतिरिक्त शुल्क लिएको स–प्रमाण देखाएका थियौं ।

त्यस विषयमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेसँग लाइभ कुरा पनि गरेका थियौं । लाइभ कार्यक्रममा प्रवक्ता पाण्डेले आईओएमले तोकेकै शुल्कमा एमबीबीएसको पढाई भइरहेको भन्दै झुट बोलेका थिए ।
उनले अन्य शुल्कको विषयमा आईओएममा जानकारी गराएको खण्डमा अतिरिक्त शुल्क लिन पाउने बताएका थिए ।

३. काठमाडौंको नयाँ बसपार्कमा बेहोस बनाएर लुटपाट !

काठमाडौं । दाङ घोराहीका रामुसिंह रामदाम गत असोज दुई गते काठमाडौं आउनका लागि बु्टवलबाट लु१ख ८५९५ नम्बरको बस चढे ।

उनी काठमाडौं आइपुग्दा बिहानको लगभग साढे तीन बजेको थियो । गाडीले केही प्यासेञ्जरलाई बसपार्क बाहिर, त केहीलाई बसपार्क भन्दाभित्र उता-यो ।

तर, रामुसिंहलाई उज्यालो नभएकाले आफूहरुसँगै चिया खान जान गाडीका कर्मचारीले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com