चुरे दोहनले झापाको उर्वर मानिएको उत्तरी क्षेत्र जोखिममा, वस्ती र खेतीयोग्य जमिन नै संकटमा (भिडियो)



प्रकाशित मिति : Nov 23, 2019

१. चुरे दोहनले झापाको उर्वर मानिएको उत्तरी क्षेत्र जोखिममा, वस्ती र खेतीयोग्य जमिन नै संकटमा

चुरे दोहनको असरले नेपालका तराईका उर्वर फाँटहरु बालुवामा परिणत हुने भय बढ्दो छ । कतै वस्ती नै स्थानान्तरण गर्नु पर्नेसम्मको अवस्था उत्पन्न हुन थालेको छ ।

त्यस्तै साना ठूला नदीहरुले धार परिवर्तन गर्दा खेतीयोग्य जमिनको कटान द्रुतरुपमा भइरहेको छ । चुरे क्षेत्रमा जाने गरेको पहिरोले चुरे क्षेत्रका धेरै वस्तीहरु स्थानान्तरण भइसक्दा तराईमा पनि यसले आफ्नो विरुप देखाउन थालेको छ ।

झापाको उर्वर मानिएको उत्तरी क्षेत्र अहिले यही चपेटामा परेको छ । झापाको उत्तरी क्षेत्रमा बर्षै पिच्छे बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक बिपत्तिले स्थानीयवासीलाई पिरोल्दै आएको छ । कतै जमिन भासिने जस्ता समस्या देखिएका छन् भने घर चिरा पर्ने र ढल्नेसम्मको समस्या देखिन थालेको छ झापाको उत्तरी क्षेत्रमा ।

अहिले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत भएका पहलहरुले स्थानीयवासीलाई केही राहत दिए पनि अझ गर्न धेरै बाँकी रहेको छ, चुरे प्रभावित क्षेत्रमा ।

२. विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम लागू भएपछि तेह«थुमका सामुदायिक विद्यालय भरिभराउ

सामुदायिक विद्यालयमा शैक्षिक स्तर खस्कदै जाँदा शैक्षिण गुणस्तर बढाउन र विद्यार्थी टिकाइराख्न बिभिन्न कार्यक्रमहरु अघि सार्न थालिएको छ ।

अघि सारिएको कार्यक्रमहरु प्रभावकारी बन्दा सामुदायिक विद्यालयहरुमा रौनक बढ्दो छ । तेह«थुमका बिभिन्न सामुदायिक विद्यालयहरु विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम लागू गरिएपछि विद्यार्थीहरु विद्यालयमा नियमित उपस्थित हुन थालेका छन् भने पढाईमा पनि जाँगर चलाउन थालेको पाइएको छ ।

तेह«थुमको आठराई गाउँपालिकामा रहेका ५६ वटा सामुदायिक विद्यालयमा यो क्रार्यक्रम लागू भएपछि विद्यालयको शैक्षिक विकासमा ठूलो टेवा पुगेको महसुस गरिन थालिएको छ । आठराई गाउँपालिकाले विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि १ करोड रकम विनियोजन गरेपछि विद्यालयको सुधार कार्य अघि बढेको हो ।

विभिन्न वहानामा र भोक लागेको भन्दै विद्यार्थी कि छिट्टै स्कुल छोड्ने नभए विद्यालय नै नजाने समस्या बढ्दै गर्दा दिवा खाजा कार्यक्रम विद्यालयहरुका लागि वरदान सावित भएका छन् ।

३. ग्रासरुट फुटबलले इलाममा नयाँ प्रतिभा जन्माउन विशेष भूमिका खेल्दै

फुटबल नेपालको लोकप्रिय खेल । दक्षिण एसियामा नेपालले फुटबलमा आफ्नो हैसियतलाई एउटा उचाईमा नै राखेपनि एसियाली स्तरको खेलमा भने अझै पनि अवस्था शर्मनाक नै छ भन्दा फरक नपर्ला ।

पछिल्लो समय फुटबलले दिन थालेको नतिजाले अब भने नेपालको फुटबलले केही गर्छ कि भनेर आशा गर्ने ठाउँ पनि पलाएको छ । नेपालको फुटबललाई उचाईमा पु¥याउन अहिले अखिल नेपाल फुटबल संघ एन्फाले ग्रासरुट फुटबल कार्यक्रम अघि बढाएको छ ।

अहिले ४५ जिल्लामा लागू गरिएको यो कार्यक्रमले फुटबलको भोलिको भविष्यलाई सुखद बनाउने विश्वास गर्न सक्ने संकेतहरु देखिएका छन् । फुटबलका लागि पूर्वको उर्वर भूमि इलाममा पनि ग्रासरुट फुटबल प्रभावकारी बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com