भ्रमण बर्षको प्रचार प्रसारमा भगवान गौतम बुद्धले २९ बर्ष विताएको तिलौराकोट समेटिएन (भिडियो)



प्रकाशित मिति : Nov 23, 2019

१. भ्रमण बर्षको प्रचार प्रसारमा भगवान गौतम बुद्धले २९ बर्ष विताएको तिलौराकोट समेटिएन

सरकारले घोषणा गरेको भ्रमण बर्ष सुरु हुन अब एक महिना पनि बाँकी छैन । तर गर्नु पर्ने अझ धेरै बाँकी छ । हिमाल हेर्न मात्र बोलाउने कि बुद्ध जन्मस्थलदेखि लिएर अन्य चर्चित पर्यटकीय गन्तव्यहरु पनि देखाउने हो ?

धेरै स्थानमा पूर्वाधारहरु तयार नहुँदा पर्यटकका लागि भ्रमण रमाइलो नभइ खल्लो हुने सम्भावना र भय पनि बढ्दो छ ।

सडकको अवस्था धेरै ठाउँमा भद्रगोल छ भने सरकारले भ्रमण बर्षमा भ्रमण गर्नु पर्ने स्थानहरु भनेर विदेशी पर्यटक सामु पस्केको चित्रबाट तिलौराकोट जस्तो ऐतिहासिक र पवित्र भूमिलाई समेटिएको छैन ।

बुद्धले जन्मेपछि २९ बर्ष विताएको तिलौराकोट पनि विदेशी पर्यटकलाई नदेखाउने र नचिनाउने हो भने धेरै अर्थमा भ्रमण बर्षको महत्वपूर्ण पाटो छुटेको महसुस सबैले गर्नेछन् । त्यसैले सरकार र सरोकारवाला निकायले तिलौराकोटलाई भुल्ने दुष्प्रयास नगरेकै राम्रो ।

२.अर्घाखाँचीमा २८ मुख्य, १६ सहायक स्तर, ५० गाउँस्तरीय र ९६ टोल स्तरीय सडक निर्माण

पहाडी जिल्ला भएर पनि अर्घाखाँचीले एउटा पृथक पहिचान बनाउन सफल भएको छ । अर्घाखाँची जिल्लाका सबै स्थानीय तह त के सबै वडाहरुसम्म सडक सञ्जाल जोडिएका छन् ।

अर्घाखाँचीको विकासका लागि महत्वपूर्ण पाटो बनेको सडक सञ्जालले अहिले यहाँका स्थानीय उत्पादनको विक्रिमा मात्र सहयोग पु-याएको छैन, जिल्लाको सर्वाङ्गिण विकासमा पनि महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।

अर्घाखाँचीमा २८ मुख्य, १६ सहायक स्तर, ५० गाउँस्तरीय र ९६ टोल स्तरीय र झन्डै आठ सय हाराहारी सडक निर्माण भएका छन् ।

सडक निर्माण गर्नका लागि अर्घाखाँचीबाट रोजगारीका लागि विदेशिएकाहरुको रेमिट्यान्सले ठूलो भुमिका खेल्दै गर्दा सडक सञ्जालको विस्तारमा स्थानीय तह र जनप्रतिनिधिहरु पनि सक्रिय देखिएका छन् । अर्घाखाँचीको यो उदाहरण अन्य जिल्लाका लागि पनि नमुना बन्ने प्रष्ट छ ।

३.मदिरमा विक्री त्यागेर बाख्रापालनमा लागेका युवाले मान पनि पाए धन पनि कमाए

मेहनत गरे स्वदेशमा नै सुन फलाउने कर्मशील हातहरु जत्ति पनि भेटिन्छन् । देशमा केही अवसर देखेर निराश बनेर बाहिरिएकाहरुका लागि उदाहरण बन्ने धेरै युवाहरु अहिले पनि गाउँघरमा सक्रिय छन् ।

एक समय घरेलु मदिरा बेचेर परिवार पालिरहेका पाल्पाका एक यवाले अहिले मदिरा बेच्न छाडेर सुरु गरेको बाख्रापालन जिल्लाभर नै उदाहरण बनेको छ ।

बार्षिक सरदर २ लाख ५० हजारसम्म कमाउदै आएका यिनले अन्य युवाहरुलाई पनि बाख्रापालनमा नै लाग्न सुझाव दिदै आएका छन् ।

मदिराको बेचविखनबाट मुश्किलले घर धानेका यिनले यो पेशालाई स्थानीय प्रशासन र स्थानीयवासीले पनि नराम्रो मानेपछि पेशा परिवर्तन गरेर उनले आफ्नो जग्गामा बनाएको गोठ बाख्राले भरेका छन् । र,पाल्पालाई खसीबोकाको मासुमा आत्मनिर्भर बनाउने प्रण पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com