५ मंसिर २०७६, बिहीबार

गायक जनक ताम्राकारको नयाँ गीत ‘पियार’ सार्वजनिक भएको छ । चर्चित गायक जनक र निखिता थापाको आवाज रहेको ‘पियार’ भर्खरै सार्वजनिक भएको हो ।

नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीत प्रस्तुत गरिरहेका संगीतकार महेश ताम्राकरको आफ्नै शब्द/संगीत रहेको छ ।

यस गीतलाई प्रसन परियारले एरेञ्ज गरेका हुन् । यो गीत चलन चल्तीमा आएका गीत/संगीत भन्दा पृथक छ ।

वर्तमान समयमा गीतको शब्द चयन सतही भइरहेको अवस्थामा उक्त गीतले सहज तथा गहिरो ढंगले माया प्रेमको बयान गरेको छ ।

यसअघि गायक जनक ताम्राकारले काफल कम्ला, लौ लौ सरररलगायत गीत ल्याइसकेका छन् । यस्तै निखिता थापाले उडायो हावाले रंगजस्ता सुपरहिट गीत ल्याइसकेकी छन् ।

साथै यस गीतको भिडियोमा पनि जनक र निखितालाई देख्न सकिन्छ । यस गीतको भिडियोग्राफी सञ्जवी राईले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV