सागमा नेपालले अर्को इतिहास रच्ने छ : प्रशिक्षक भट्ट



प्रकाशित मिति : Nov 20, 2019

बंगलादेशमा सम्पन्न एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जित्ने क्रममा नेपालले सहभागी सबै राष्ट्रलाई जित्यो । नेपाल यो उपाधि यात्रामा अपराजित मात्र रहेन उसले एक सेट पनि गुमाउनु परेन ।

अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाएको २० वर्षे इतिहासमा र भलिबल राष्ट्रिय खेल घोषणा भएको दुई वर्षमा नेपाली महिला भलिबल टोलीले दिलाएको यो ऐतिहासिक अन्तर्राष्ट्रिय सफलता र उपहार हो । त्यो पनि एसियाली स्तरको । नेपालले यो प्रतियोगितामा अहिलेसम्मकै उच्च प्रदर्शन ग¥यो ।

अहिले नेपाली खेलाडीहरु घरेलु भुमिमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियागिता सागमा पनि त्यही जोश र जागरलाई देखाउँने दाउँमा छन् । तर, अहिलेसम्म सागमा काश्य पदक भन्दा माथिको पदक हात पार्न नसकेको नेपालले यसपटक कस्तो उपलब्धि हासिल गर्ला ? यसका लागि टिमको तयारी कस्तो छ ?आजको छ प्रश्नमा हामी यि र यस्तै विषयमा केन्द्रित रहेर नेपाली राष्ट्रिय भलिबल टिमका प्रशिक्षक जगदीश भट्टसंग कुराकानी गरेको छ ।

टिभी जर्नलिष्ट विरेन्द्र जैरुसंगको कुराकानीमा प्रशिक्षक भट्टले सागमा नेपालले इतिहास रच्ने दाबी गर्नुभएको छ । महिला भलिबलले अन्तर्राष्टिय प्रतियोगितामा त्यति धेरै सहभागीता जनाउने अवसर नपाएको सन्दर्भमा समेत यति ठुलो उपलब्धि हासिल गर्नु सन्देशमुलक रहेको बताउदै उहाँले पछिल्लो समय भलिबलमा नेपालले अन्र्तराष्ट्रिय स्तरको तालिम लिने अवसर पाएको बताउदैँ सागमा समेत नेपाललाई स्वर्ण दिलाउने बताउनु भयो ।

बंगलादेशमा सम्पन्न एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगितामा खेलाडीहहरुको मनोबल उच्च भएको बताउदैँ भट्टले नेपाली खेलाडीहरु पनि स्टोङ भइसक्यो भन्ने सन्देश गइसकेको बताउनुभयो । साथै नेपालले पनि भर्खरै मात्र जितको स्वर्णको ईतिहासलाई सागमा कसरी प्रदर्शन गर्ने भन्ने दबाबपूर्ण अवस्था आएको पनि बताउनु भयो ।

घरेलु कोर्टमा खेलाडीको जोशले सागमा ठूलो उपलब्धि आउला कि आउला ? कस्तो प्रदर्शनको अपेक्षा गर्न सकिन्छ ? भन्ने प्रश्नमा प्रशिक्षिक भट्टले महिला भलिबल सिटमले स्वर्ण जितेर ल्याएको क्षणलाई यथावत राख्ने अपेक्षा राखेको बताउनुभयो । साथै उहाँले होम ग्राउण्डमा खेलमा शक्तिशाली मानिएका देशलाई पनि पछाडी पार्न सक्छौँ भन्ने खेलाडीहरुको मनोविज्ञान विकास भएको र नेपाल खेल्नको लागि मात्र नभएर जित्नको लागि तयारी गरिरहेको बताउनुभयो । (बाँकी भिडियाेमा)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com