नेपाल बङ्गलादेश बैङ्कले नियम मिच्दै : धितो भन्दा ५ गुणा बढी कर्जा प्रवाह, सिइओ र सञ्चालकलाई राष्ट्र बैङ्कले माग्याे स्पष्टीकरण



प्रकाशित मिति : Nov 13, 2019
  • पवन/अशोक

नेपाल बङ्गलादेश बैङ्कले धितोको मूल्यभन्दा ५ गुण बढी गैरकानुनी ढङ्गले ऋण प्रवाह गरेको भेटिएको छ । एनबी बैङ्कले पर्थ इन्टरनेशनल नामक कम्पनीलाई दिएको कर्जा शंकास्पद भेटिएपछि नेपाल राष्ट्र बैङ्कले बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र सञ्चालक दीपक कार्कीलाई स्पष्टीकरण सोधेको छ ।

नेपाल बङ्लादेश बैङ्कले कमसल धितोमा ५ गुणा सम्म बढी ऋण प्रवाह गरेको पाएपछि नेपाल राष्ट्रबैंकले सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र सञ्चालक दीपक कार्कीलाई गत भदौमै स्पस्टीकण सोधेको थियो ।

यसरी भयो ऋण प्रवाह

  • पार्थ इन्टरनेशनले राखेको १ करोड ८९ रुपैयाँ पर्ने धितोमा ९ करोड ९० लाख कर्जा प्रवाह
  • ऋण लिनकै लागि भनेर २०७५ असार २० गते नयाँ कम्पनी दर्ता गरी १२ दिन पछि असार ३२ गते मसान्तकै दिनमा कर्जा स्वीकृत गरियो
  • बैङ्कमा ऋणका लागि आवेदन दिएको ९ दिनमै बैंकबाट करिब १० करोड रुपैयाँ बराबरको ऋण स्वीकृत
  • १० करोड भन्दा बढी ऋण स्वीकृत गर्न सञ्चालक समितिको निर्णय हुनुपर्ने भएकाले १० लाख कम गरी ऋण स्वीकृत
  • सिइयो ढुंगानाले चलाखीपूर्ण तरिकाबाट कर्जा प्रवाह गरेको खुलासा
  • सञ्चालक दीपक कार्कीको दबाबमा ऋण दिएको सिइओ ढुंगानाको स्पष्टीकरण
  • दीपक कार्की र रेसु अग्रवाल कुनैबेला जेपी जलविद्युत कम्पनीका पार्टनर
  • बैङ्कबाट लिएको ऋण शेयर बजारमा लगानी गरेको आशंका

पार्थ इन्टरनेशनलकी सञ्चालक रेसु अग्रवाल व्यवसायी नभएर गृहिणी हुन् । उनका श्रीमान् नगेन्द्र अग्रवाल हुन् । शेयर बजारमा ठुलो नोक्सानी भएपछि गलत तरिकाले ऋण लिइ कारोबार गरेको आशंका राष्ट्र बैङ्कले गरेको छ ।

पछिल्लो समय बाहिर आएको यो घट्नाले राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेको बैङ्किङ विज्ञ गोविन्दबहादुर थापाकाे तर्क छ ।

नेपाल बङ्गलादेश बैङ्कका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना

नेपाल राष्ट्र बैङ्कले यो विषयलाई गम्भीरतापूर्वक लिएको भन्दै कर्जा प्रवाहमा असल अभ्यास नभएको देखिएको जनाएको छ । जसका कारण यस्ता घटनाहरू बाहिर आएको राष्ट्र बैङ्कको भनाई छ ।

नेपाल राष्ट्र बैङ्क प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल बङ्गलादेश बैङ्कले आर्थिक वर्षको अन्तिम दिन कर्जा प्रवाह गरेकोले पनि आशंका बढेको हो । सामान्यतया बैकको क्लोजिङका समयमा बैङ्कले हिसाब मिलानका लागि भन्दै बैंकहरुले कर्जा प्रवाह गर्दैनन् । त्यसबाहेक ठुलो मात्रामा नगद झिक्न समेत दिइर्दैन ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत ढुङगानाले स्पष्टीकरणको जवाफ दिइसकेको छ । जवाफमा बैङ्कका सिइओ कार्कीले सञ्चालक दीपक कार्कीको दबाबमा आफूले ऋण स्वीकृत गरेको बताएको छ । सिइओकै जवाफले झनै शंकास्पद बनाएपछि राष्ट्रबैंको बैङ्क सुपरिभिजन विभागको टोलीले विस्तृत अध्ययन गरिरहेको छ ।

यस्तो अवस्थामा बैङ्कले हतारहतार कर्जा प्रवाह गर्नुमा बैकको उ्रच्च व्यवस्थापन र सञ्चालकको मिलेमतो भएको स्पष्ट हुन्छ । नागरिकको रकम यसरी अपचलन हुँदै जानुले नेपालमा संस्थागत सुशासन कमजोर भइरहेको आवाज उठिरहेको अवस्थामा बैङ्किङ क्षेत्रभित्र आर्थिक हिनामिनाको गम्भीर पाटो बाहिर छर्लङ्ग भएको छ ।

भिडियाे


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com