मुख्यमन्त्री भट्टका स्वकीय सचिवले (मापसे) गरेर चलाएकाे माेटरसाइकलले ठक्कर दिँदा ३ घाइते
कैलाली । मोटरसाईकल चलाएर गोरुगाडालाइ ठक्कर दिएको आरोपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुँवरले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकलले महेन्द्र राजमार्ग अन्तर्गत कैलाली जिल्लाको गौरीगंगा नगरपालिका – ९ मा गोरुगाडालाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
मंगलबार भएको उक्त दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही स्थानका टीकाराम चौधरी र अन्य २ जना रहेको प्रहरीले जनाएको छ ।
घाइते दुईको अवस्था सामान्य रहेको छ । टीकाराम चौधरीको भने घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सचिव कुँवरले उनले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाइरहेकाले दुर्घटना भएको हो । कुँवर अहिले प्रहरी नियन्त्रणमै रहेका छन् ।