समयमा सडक नबनाएको भन्दै ठेकेदारको फोटो पोल-पोलमा ! (भिडियो)



प्रकाशित मिति : Nov 12, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४५५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. नगरकोटका स्थानीयले समयमा सडक नबनाउने ठेकेदारको फोटो टाँसेर विरोध गरेपछि…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुला हमिद नेपाल भ्रमाणमा छन् । उनको स्वागत गर्न उनी हिड्ने शहरका सबै सडक र चोकहरुमा उनको फोटो राखिएको छ । यसैक्रममा आज नगरकोटमा पनि ठाउँठाउँमा फोटोहरु राखिएको छ तर, बंगलादेशका राष्ट्रपतिको भने होइन । वर्षौंसम्म सडक नबनाउने शैलुङ कन्स्ट्रक्सनका मालिक तथा शक्तिशाली ठेकेदार शारदा अधिकारीको ।

२. पुनर्निर्माण प्राधिकरणले बनाइदिएको भवन नै अपाङ्गमैत्री छैन !
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका पवन तामाङका दुवै खुट्टा चल्दैनन् । ह्वील चेयरको साहारामा हिँड्ने उनी अहिले काठमाडौं जोरपाटीस्थित खगेन्द्र नवजीवन बिशेष शिक्षा माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् । उनको कक्षाकोठा विद्यालयको भुँइतलमा छ, भने शिक्षकहरु बस्ने कोठा पहिलो तलमा । सोही भवनमा २ बर्षदेखि अध्ययन गरिरहेका उनी पहिलो तलामा उक्लिन पाएका छैनन् । विशेष विद्यालय भनिएता पनि पहिलो तलामा जानका लागि ¥याम्प छैन, उनी भ¥याङ उक्लिन सक्दैनन् ।

३. रौतहट इटाभट्टा प्रकरण : आलमका सहयोगीले अपहरण गरेर बयान फेर्न दबाब दिएको खुलासा
रौतहट । रौतहट बमकाण्डका घाइतेलाई सांसद मोहम्मद अफताव आलमका सहयोगीले अपहरण गरेर बयान फेर्न दबाब दिएको खुलासा भएको छ । बम विस्फोटका घाइतेलाई जिउँदै इट्टा उद्योगको भट्टीमा जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका सांसद अफताव आलमले मुख्य जाहेरीकर्ता र साक्षीहरुलाई आर्थिक प्रलोभन साम्प्रदायकिताका आधारमा बयान फेर्न दबाब दिएको खुलासा भएको हो ।

४. समाचार प्रसारण भएको भोलिपल्टै बन्यो सेवाग्राहीको लाइसेन्स !
काठमाडौं । लाइसेन्स लिएको १० वर्षपछि दोस्रो पटक नविकरण गर्न जाँदा यातायात कार्यालयले ट्रायलमा फेल भएको भन्दै फर्काएको मणिराम बानियाँले पाएका सास्तीको विषय हामीले कार्यक्रममा प्रसारण गरेपछि उनको लाइसेन्स नविकरण भएको छ । एक सातासम्म भक्तपुर यातायात कार्यालय र एकान्तकुना धाउँदा पनि लाइसेन्स नविकरण नभएपछि उनी हाम्रो कार्यालयमा गुनासो लिएर आएका थिए । हामीले यस विषयलाई टेलिभिजनमा प्रसारण गरेका थियौं ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com