नेपाल-भारत सीमा विवाद : सर्वपक्षीय बैठकको सुझाव कार्यान्वयन होला ?



प्रकाशित मिति : Nov 09, 2019

काठमाडौं । भारतले जारीको गरेको राजनीतिक नक्सामा नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भू-भागकारुपमा राखेपछि नेपाल तरङगीत बनेको छ ।

यसैबीच शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकबाट नेपाल–भारत सीमा विवादमा नेपालले राष्ट्रिय अखण्डताको सवालमा कडा कदम चाल्न पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री तथा सीमा विदहरुले सरकारलाई सल्लाह दिएका छन् ।

नेताहरुले नेपाली भूमि कालापानीमा भारतले राखेको भारतीय सेना हटाउन कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् । साथै नेपालस्थित भारतीय राजदुतलाई बोलाएर स्पष्टीकरण सोध्न समेत सरकारलाई सुझाब दिएको बैठकमा सहभागी एक नेताले बताए ।

भारतले नेपाली भू-भाग अतिक्रमणमा गल्ती नस्वीकारेमा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मञ्चमा कुरा पु¥याउनु पर्ने बताएका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू-भाग अतिक्रमित भएको भन्दै उपत्यकासहित देशका विभिन्न जिल्लामा भारत विरुद्ध प्रदर्शन भइरहेका छन् । सामाजिक सञ्जालमा ‘गो ब्याक इन्डिया ह्यासट्याग’ ट्रेन्डिङमा छ ।

त्यस्तै एक समूहले शुक्रबार साँझ काठमाडौं लाजिम्पाटस्थित भारतीय दुतावासको गेटमा पुत्ला जलाएर भारतको विरोध जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com