जीवित हुँदै मृत्युको अनुभव गर्ने दक्षिण कोरियाको चलन !



प्रकाशित मिति : Nov 09, 2019

एजेन्सी । मृत्यु सत्य हो तर, मानिस यो सत्य स्वीकार गर्न चाहँदैन । धेरै बाँच्ने र स्वस्थ भएर बाँच्ने उपाय खोज्दै मानिसले धेरै धन तथा समय खर्च गरिरहेका हुन्छन् । तर यो दुनियाँमा यस्तो ठाउँपनि छ, जहाँ मानिसहरु मर्न चाहन्छन् ।

दक्षिण कोरियामा मृत्युको स्वाद चाख्नका लागि मानिसहरुले आफु जिवित छँदै आफ्नो अन्त्येष्टि गर्ने गरेका छन् । जीवनलाई राम्रो ढंगबाट बुझ्ने तथा जिवन सुधार्नका लागि मानिसहरुले अपनाइरहेको त्यो तरिकालाई लिभिङ्ग फ्युनरल अर्थात् जिवित अन्त्येष्टि भनिन्छ । लिभिङ्ग फ्युनरलका क्रममा दश मिनेटसम्म शव राख्ने बाकसमा कफन ओढेर सुत्नुपर्दछ ।

साथै, त्यस क्रममा अन्त्येष्टिमा गरिने सबै वास्तविक विधि विधानहरु समेत पूरा गरिन्छ । दक्षिण कोरियामा गत वर्ष २५ हजार मानिसले यसरी जिवितै छँदै आफ्नो अन्त्येष्टि गरेका थिए । ह्योभोन कम्पनीले सन् २०१२ मा जिवित अन्त्येष्टिको सुरुवात गरेको थियो ।

कम्पनीका अनुसार आफ्नो ज्यूँदै अन्त्येष्टिका लागि मानिसहरु स्वेच्छाले आउँछन् । जिवित छँदै मृत्युको अनुभव गर्दा मानिसलाई आफ्नो जिवन असल बनाउनु पर्दछ भन्ने कुराको ज्ञान प्राप्त हुने दाबी कम्पनीको छ ।

मानिसहरु आफ्नै जिवित अन्त्येष्टिमा सहभागी भएपछि जिवनप्रति बढि सजग र सचेत हुने र नयाँ दृष्टिकोणको विकास गर्ने सहभागीहरुको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com