भारतीय हस्तक्षप बन्द गर भन्दै चितवनका युवा अर्धनग्न सडकमा उत्रिए (फोटोफिचर)



प्रकाशित मिति : Nov 09, 2019
  • केदार शर्मा

चितवन कार्तिक २३ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको भन्दै त्यसको विरोधमा युवाहरुले चितवनमा प्रदर्शन गरेका छन् । सत्तारुढ तथा विपक्षी दल सम्बद्ध युवाहरुले शनिबार चितवनका अलग अलग स्थानमा प्रदर्शन गरेका हुन् ।

चितवनको रत्ननगरमा नेकपाको विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल रत्ननगर अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए । युवाहरु भारतीय हस्तक्षप बन्द गर भन्दै शरीमा लेखेर अर्ध नग्न सडकमा देखिएका थिए ।

अनेरास्ववियका केन्द्रिय नेता सरोज भण्डारीले नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने भएकोले विरोध प्रदर्शन गरिएको बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि भारतको नयाँ नक्साको विरोध गर्दै प्रदर्शन गरेको छ ।

यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ । भारतको उक्त नक्साको नेपालमा अहिले चर्को विरोध भइरहेको छ ।

शनिबार रत्नगरमा भएको बिरोध पदर्शनमा यहाँका सचेत युवा, जनप्रतिनिधि देखि सांसद सम्मको सहभागिता रहेको थियो । बिरोध पदर्शन कार्यक्रममा प्रदेश सांसद कञ्चन खनाल, नेकपाका नेता राजु अम्गाई सुबोध लगाएतका युवा तथा राजनितिज्ञको सहभागिता रहेको थियो ।

टाँडी क्यामपस गेटबाट सुरु भएको बिरोध पदर्शन सौराहा चोकमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा युनिक युवा क्लब, गौतम बुद्ध युवा क्लब, सिरदेबि युवा क्लब र युवा समाज रत्ननगरका युवाहरुको समेत सहभागिता रहेको थियो ।

सौरामा चोकमा भएको कोण सभा कार्यक्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दोहन समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com