कपिलवस्तु नगरपालिका फुसको छानोमुक्त बनाइने, पहिलाे चरणमा ३० घरमा ककर्टपाता बाँडियाे



प्रकाशित मिति : Nov 09, 2019
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले फुसको छानोमुक्त गर्ने अभियान संचालन गरेको छ । अभियान अन्तर्गत नगरक्षेत्रमा रहेको फुसका घरहरुलाई बिस्थापित गरी कर्कटपाताको बनाउने तयारी गरिएको हो ।

सोही कार्यक्रम अन्तर्गत नगरपालिकाले पहिलो पटक नगरपालिका वडा नम्बर १ मा बर्षौ देखि फुसको घरमा जीवन निर्वाह गरीरहेका ३० घरलाई ककर्टपाता बाडेको छ । ४१ एमएम र २६ गेजको टिनको कर्कटपाता दिईएको हो ।

नगरप्रमुख किरण सिंहले नगरपालिको कार्यालय हाता भित्र बिपन्न परिवारलाई कर्कटपाता बितरण गरी अभियानको सुभारम्भ गरे । आगलालीका घटना न्यूनीकरण तथा बिपन्न परिवारलाई लक्षित गरी आफुहरुले चाथौ नगर सभाबाट नै कार्यक्रमको सुभारम्भ गरेको बताए ।

अभियानकालागि गत बर्ष ६० लाख र यस बर्ष एक करोड बजेट निनियोजन गरिएको उनले बताए । गत बर्ष तथ्यांक संकलन र कर्कटपाता खरिदमा ढिलाई हुँदा बितरण हुन सकेको थिएन ।

आगमी २ बर्ष भित्र नगरपालिकालाई फुसको छानामुक्त बनाउने गरी कार्य योजना बनाईएको उनले बताए । नगरपालिकाल भित्र रहेको १२ वडामा कुल २ हजार ७२५ फुस घर रहेको प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले बताए । ‘ हामीले १२ वटै वडाका गाउ बस्तीमा कर्मचारीहरु खाटएर फुस घरको संख्या यकिन गरेका हौ ’ उनले भने ‘ सबै वडाका फुस घरलाई क्रमशः बजेटले भ्याए सम्म बितरण गर्दै जानेछौ ।’ कुन फुस घरले कतिवटा ककर्टपाता पाउने हो प्राबिधिक टोलीले यकीन गरेका आधारमा कर्कटपाता बाँडिने छ ।

कर्कटपाता फुुसका घरलार्इ मात्रै दिइने र गोठलाई भने नदिईने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक प्रकाश गैरेले बताए । बर्षाै देखि फुसको घरमा गुजरा चलाउदै आउकी बिपन्न रोशन खानले शनिवार घर बनाउन टिनको पाता पाउँदा निकै खुशी लागेको बताईन् ।

मेहनत मजदुरी गरेर जीवनयापना गरीरहेका रोशनले टिनको छानाले बनेको घरमा बस्न पाउदा आफनो बर्षैको सपना साकार हुन लागेको बताइन् । यस्तै तौलिहवा स्थित खानेपानी टोलकी हसिना धुनिया टिनको छानाले आफ्नो परिवारलाई खुशियाली दिएको बताइन् । ‘फुसको घरमा बस्दा पानी हावा हुरी र पानी चुहिएर निर्कै दु:ख पाईएको थियो, अब भने त्यसबाट मुक्त हन्छौ ’ उनले भनिन् । बर्षो देखि फुसको घरमा बस्दै आएका आफुहरु जस्ता विपन्न परिवारलाइए नगरपालिकाले ठूलो उपहार दिएको उनले बताईन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com