स्थानीय तहमा कर्मचारी नहुँदा सेवाग्राही मारमा



प्रकाशित मिति : Nov 09, 2019
  • ललन मंडल

महोत्तरी । स्थानीय तहमा अझै पनि कर्मचारी अभाव छ । जसका कारण सर्वसाधारणले स्थानीय तहबाट पाउनुपर्ने सुविधाबाट समेत वञ्चित हुँदै आएका छन् । कर्मचारी अभाव मात्र नभई भएका कर्मचारीले समेत काम नगर्दा सेवाग्राही वडा कार्यालय धाउन मै व्यस्त छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ मा वडासचिब नहुँदा कामकाज प्रभावित भएको छ । स्थानीय सरकार बनेपछि सबै सुवा सुविधा सजिलै पाइएला भन्ने आश गरेका स्थानीय अहिले कर्मचारी अभावका कारण वडासँग सम्बन्धित कतिपय काम हुन नसक्दा मर्कामा परेका छन् ।

वृद्धभत्ताको लागि ४ पटक वडा कार्यालय धाएपनि भत्ता नपाएको देखिे वृद्धभत्ता लाभग्राही कार्ड नविकरण गराउन दिनैपिच्छे कार्यालय आउने सेवाग्राहीको घुँइचो दिनप्रति दिन बढ्दै गएको छ । तर, सचिव नहुँदा कामकारवाही ठप्प भएको छ भने रिक्त कर्मचारी पूर्ति गर्न कार्यालय असफल हुँदै आएको छ ।

यता वडाध्यक्ष भने कर्मचारी पदपूर्ति गर्न नगरपालिकालाई पटकपटक पत्राचार गरिएपनि सुनुवाई नहुँदा समस्या भएको बताउँदै आएका छन् । वडामा ४ महिना देखि सचिव पद रिक्त छ । सचिव नभएकाले कार्यालय सहयोगीले नै अधिकांश गर्दै आएका छन् ।

वडा कार्यालयमा सचिव मात्र होइन अन्य कर्मचारीको पनि अभाव छ । कार्यालयमा कर्मचारी नहुँदा विध्वा भत्ता, जन्मदर्ता, नागरिता लयातका काम सम्पादन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com