सिन्धुलीको फिक्कलमा आँखा शिविर सम्पन्न, ७० मोतियाविन्दुका विरामीको निःशुल्क अप्रेसन



प्रकाशित मिति : Nov 09, 2019
  • राजन परियार

सिन्धुली २३, कात्तिक । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ । फिक्कल गाउँपालिका र तिलगंगा आँखा अस्पताल काठमाडौको संयुक्त आयोजनामा कात्तिक २१ र २२ गते संचालन भएको शिविरमा ७० जना मोतियाविन्दुका विरामीको निःशुल्क अप्रेसन गरिएको फिक्कल गाउँपालिकाका स्वास्थ्य संयोजक हरेन्द्र सिंह भुमिहारले बताए ।

गत कात्तिक १८ गते फिक्कल गाउँपालिकाको वडा नं. ५ सोल्पाठाना र वडा नं. ६ रत्नावती, कात्तिक १९ गते फिक्कल गाउँपालिकाको वडा नं. २ सुम्नामपोखरी र वडा नं. ३ खोलागाऊँ र कात्तिक २० गते फिक्कल गाउँपालिकाको वडा नं. १ महादेवडाँडा र वडा नं. ४ खाङसाङ्गमा आँखा शिविर संचालन गरेर मोतियाविन्दु भएकका विरामी छनोट गरी कात्तिक २१ र २२ गते फिक्कल गाउँपालिका– ४ खाङसाङ्गबेसीमा निःशुल्क मोतियाविन्दुको अप्रेसन गरिएको भुमिहारले बताए ।

आँखा शिविर कार्यक्रमका संयोजक तथा फिक्कल गाउँपालिका –५ का वडा अध्यक्ष राजु बरालको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं. १ का संघीय सांसद गणेश कुमार पहाडिको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमका बीच आँखा शिविरमा सहयोग गर्ने संस्था, चिकित्सक एवं प्राविधिक टोलीलाई सम्मान तथा मायाको चिनो प्रदान गरी समापन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com