नमोबुद्धका ईंट्टा भट्टालाई अदालतको आदेश : भौतिक स्थिति कायम राख्नु, इट्टा नपार्नु



प्रकाशित मिति : Nov 09, 2019

काभ्रे । नमोबुद्ध नगरभित्रका इट्टा उद्योगहरुलाई नयाँ इट्टा नपार्न र उद्योगमा मौज्याद रहेको इट्टाहरु समेत विक्रिवितरण नगर्न काभ्रेपलाञ्चोक जिल्ला अदालतले आदेश जारी गरेको छ । नमोबुद्ध नगरपालिकाले “सम्झौता बमोजिम क्षतिपुर्ति भराइ पाउँ” भनेर मुद्धा जाहेर गरेकोमा माननिय जिल्ला न्यायधिस श्री पुरुषेतम प्रसाद ढकालको इजलासले उक्त फैसला गरेको हो ।

२०७६ असार मसान्तबाट भट्टा भत्काउन नगरपालिकासँग सहमती गरेर अघिल्लो वर्ष उद्योग सञ्चालन गरेका भट्टाहरूले सहमती विपरित काम गर्न थालेपछि नगरपालिकाले भट्टाका चिम्नी समेत भत्काएको थियो ।

नमोबुद्ध नगरपालिकाले “सम्झौता बमोजिम क्षतिपुर्ति भराइ पाउँ” जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दर्ता गराको थियो । उक्त मुद्दामा जिल्ला न्यायधिस श्री पुरुषेतम प्रसाद ढकालको इजलासले इट्टा नपार्नु र उद्योगमा भएको पनि नबेच्नु भन्ने आदेश दिएको हो ।

नमोबुद्ध नगरपालिका र उक्त नगरक्षेत्र भित्र रहेका इट्टा उद्योगको विचमा २०७५ साल पुस २७ गते २०७६ असार मसान्तभित्र इट्टाभट्टा हटाइसक्ने सहमती भएकोमा इट्टा उद्योगहरु हट्न आनाकानी गरेपछी गत महिना नगरपालिकाले इट्टा उद्योगको चिम्नी भत्काइदिएको थियो । सोही कार्यको लागि नगरपालिकाले गरेको खर्च भर्पाइको सम्झौता बमोजिम क्षतीपूर्ति माग गर्दै नगरपालिकाले मुद्धा दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com