भारतको नयाँ नक्शाप्रति विरोध जनाउदै रुपन्देहिको देवदहमा पनि प्रदर्शन



प्रकाशित मिति : Nov 08, 2019
  • जीवन पराजुली

रुपन्देही । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको बेला रुपन्देहिको देवदहमा पनि बृहत् प्रदर्शन गरिएको छ ।

नेपाली भुमिमा पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा इन्कित गरेको भन्दै भारतको विरोध र सरकारकाे ध्यानाकर्षण गराउन शुक्रबार देवदहको खैरेनी चोकमा विभिन्न नारा र प्लेकार्डसहित प्रदशन गरीएको हाे । उक्त प्रदर्शनी सीमा बचाउ अभियान देवदहको आयोजनमा भएको हो ।

कार्यक्रममा राष्ट्रभाव झल्किनी खालका गीत र आफ्ना रचना बाचन पनि गरिएको थियाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com