सर्वेक्षण – शैक्षिक अवस्था अपेक्षाकृत छैन



प्रकाशित मिति : Nov 08, 2019
  • सुरेश श्रेष्ठ,

दाङ । तुलसीपुर उपमहानगरपालिकाभित्रका विद्यालयहरुका शैक्षिक अवस्था अपेक्षाकृत नभएको एक सर्वेक्षणले देखाएको छ । तुलसीपुर उपमहानगर पालिकासँगको सहकार्यमा ‘टिच फर नेपाल’ले एक महिनासम्म सामुदायीक तथा निजी विद्यालयमा गरेको शैक्षिक अवस्थाको सर्वेक्षण अध्ययनमार्फत बालबालिकाका शैक्षिक अवस्था अपेक्षा गरे अनुरुप नभएको पाइएको छ ।

शुक्रबार तुलसीपुरमा सिकाई सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक कार्यक्रममा टिच फर नेपालका कार्यकारी निर्देशक शिशिर खनालले शिक्षा क्षेत्रमा अझै धेरै लगानी गर्न आवश्यक रहेको बताए ।

सामुदायीक तथा निजी विद्यालयका २८ हजार ६६ जना विद्यार्थीको सिकाई सर्वेक्षण तथा शैक्षिक गुणस्तर मापनले उपमहानगरपालिका अझै शिक्षामा कमजोर देखिएकोे खनालले जानकारी दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले एक महिनासम्म गरिएको सर्वेक्षणको नतिजा हेर्दा उपमहानगरपालिका भित्रको शैक्षिक अवस्था एकदमै कमजोर अवस्थामा रहेको बुझिएको बताए ।

उनले भने–‘आज उपहाँनगरपालिकाको होलबडीको रिपोर्ट आएको छ । हामी विरामी अवस्थामा रहेछौं । अब सहीह तरिकाले उपचार गर्नुपर्छ र त्यसको लागि म प्रतिबद्ध छु ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com