नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु



प्रकाशित मिति : Nov 08, 2019

काठमाडौं । नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु भएको छ ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास वैरागीले गर्नु भएको छ भने युरोपेली संघको तर्फबाट एशिया–प्रशान्त क्षेत्र हेर्ने नायब निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ ।

बैठकमा मुख्यगरी युरोपेली सघले नेपाललाई उपलब्ध गराउदै आएको आर्थिक तथा विकास सहायता र संयुक्त लगानीको विषयमा छलफल हुनेछ । यसका साथै युरोपेली संघले विश्वब्यापी रुपमा वकालत गर्दै आएको पर्यावरण संरक्षण सम्बन्धि नेपालमा हुदै आएको कार्यक्रमको मुल्यांकन पनि गरिनेछ ।

युरोपेली सघले नेपाल सरकारलाई उपलब्ध गराउदै आएको व्यापार–वाणिज्य,ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संशाधन विकासका क्षेत्रमा संचालित कार्यक्रमको बारेमा पनि छलफल हुने कार्यतालिका छ । नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सङ्घले नेपालको आर्थिक एवं सामाजिक विकाशको क्षेत्रमा सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com