शंकास्पद मासु लिएर काठमाडौं आउँदै गरेको दुई वटा भारतीय ट्रक राजश्व अनुसन्धान विभागको नियन्त्रणमा



प्रकाशित मिति : Nov 08, 2019

काठमाडौं । भारतबाट सर्लाही भन्सार हुँदै काठमाडौं आउँदै गरेको दुई वटा भारतीय ट्रकलाई राजश्व अनुसन्धान विभाग, ललितपुरले नियन्त्रणमा लिएको छ । राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुरले शुक्रबार नागढुंगाबाट एचआर ५५ आर ४८५० र युपी ८३ एटी ९६४७ नम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको दुवै ट्रकमा केराउ र आलु चिप्स ल्याइएको भनिएता पनि विभिन्न प्रकारका शंकास्पद मासु बरामद गरिएको छ । कुखुराको मासु, माछा, राँगाभैसीको मासुका साथमा गाईको मासुसमेत भएको आशंका गरिएको छ । अहिले अनुसन्धान भइरहेको बताइएको छ ।

त्यस्तै शंकास्पद ती मासुहरुको परीक्षण भइरहेको जानकारी गराइएको छ । बीरगञ्जबाट आउनु पर्ने ट्रकहरु सर्लाही हुँदै नेपाल प्रवेश गराइएको थियो, भने क्वारेन्टाइन चेक समेत नगरेको बताइएको छ । भन्सार समेत छली गरेर ल्याइएको मासुहरुको परीक्षणपछि कारवाही प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।

दीप ज्योति ग्रुप एण्ड फुड प्रालि र सीआर ट्रेडिङ प्रालिले उक्त मासु मगाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com