युनिभर्सल कलेजले बन्धक बनाएका विद्यार्थीहरु मुख छोपेर लाइभ, उपत्यकामा रगतको अभाव (भिडियो)



प्रकाशित मिति : Nov 01, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४५० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :

१.मुलुकभर रगत अभाव ! रक्तसञ्चार केन्द्रद्वारा रक्तदानको आह्वान
काठमाडौं । पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यका तथा मुलुकभरका अस्पतालहरुमा रगतको माग अत्याधिक बढेको छ । तर, माग अनुसारको रगतको पूर्ति भने हुन सकेको छैन । रगत अभावकै कारण रक्तसञ्चार केन्द्रहरुमा रगत लिन आउने बिरामीका आफन्तहरुको घुइँचो लाग्ने गरेको छ । तर रक्तसञ्चार केन्द्रमा रगत नभएपछि आफन्तहरु त्यसै फर्किन बाध्य छन् । अस्पतालका रक्तसञ्चार केन्द्रमा रगत नपाएपछि बिरामीका आफन्तहरु नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा पुग्ने गर्दछन् ।

२. गुहार माग्दै इराकबाट कार्यक्रममा लाइभ आएका हरिबहादुरको उद्धार भयो
काठमाडौं । रोजगारीका क्रममा इराक पुगेका गोरखाका रामहरि अधिकारी सडक दुर्घटनापछि बिचल्लीमा परे । अबैध बाटोबाट एजेन्टहरुमार्फत इराक पुगेका उनलाई सहयोग गर्न कोही भेटिएनन् । नेपाल फर्किने सम्भावना नदेखेपछि गत असोज ४ गतेको कार्यक्रमको ४३३ औं एपिसोडमा उनले हाम्रो कार्यक्रममा फोन गरेर रुदै आफू बिचल्लीमा परेको र नेपाल फर्कन चाहेको बताएका थिए । लाइभ कार्यक्रममा बोल्नु अघिसम्म उनलाई नेपाल फर्कन्छु, भन्ने विश्वास पनि थिएन् । तर, कार्यक्रममा आफ्नो कुरा राखिसकेपछि इराकका केही व्यक्ति र संघसंस्थको सहयोगमा उनी नेपाल आइपुगेका हुन् ।

३. यातायात व्यवसायीले यात्रुसँग तेब्बरसम्म भाडा असुल्छन् !
नुवाकोट । सार्वजनिक सवारी साधनहरुमा सरकारले निश्चित भाडादर तोकिदिएको छ । तर, नुवाकोट र रसुवाका ग्रामीण भेग हुँदै राजधानी काठमाडौंसम्म सञ्चालन हुने सार्वजनिक बसहरुमा यात्रुमाथि यातायात व्यावसायीको ब्रम्हलुट चल्दै आइरहेको छ । सर्वसाधारणलाई यतिसम्म ठगिन्छ कि, उनीहरुलाई तर्साएर दोब्बर होइन, तेब्बरसम्म भाडा असुल गरिन्छ । नुवाकोट र रसुवामा वर्षौंदेखि सिण्डिकेट लाद्दै आएका बस व्यवसायी कम्पनीहरुले आवश्यकता अनुसार बसहरु थप्दैनन् । बरु भएका बसहरुसमेत निश्चित संख्यामा मात्रै सञ्चालन गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com