प्रहरी प्रधान कार्यालयको दुई अर्ब बढी भ्रष्टाचारमा अख्तियारको छानबिन ! सात लाखको मोटरसाइकल ५४ लाखमा खरीद ? (भिडियो)



प्रकाशित मिति : Oct 26, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएका छन् ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :

१. महानिरीक्षककै कार्यालयमा दुई अर्ब बढी भ्रष्टाचार ! अख्तियारले अनुसन्धान गर्दै काठमाडौं । नेपाल प्रहरीमा भएको भ्रष्टाचारका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यो उजुरी नेपाल प्रहरीभित्रको भ्रष्टाचारका बिषयमा सबै बुझेको तर, देशलाई माया गर्ने ईमान्दार प्रहरी अधिकारीहरुले हालेको देखिन्छ । अख्तियारले ७६७७ सी–७३६६ दर्ता नम्बर रहेको उजुरीमा छानविन गरिरहेको छ । यो उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको नेतृत्वमा साढे २ अर्ब भन्दा बढी रकम भ्रटाचार भएको भन्दै छानबिन गर्नका लागि परेको हो ।

२. वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीहरु सञ्चालकबाटै असुरक्षित !
वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीहरुले आफ्नै कलेज व्यवस्थापनबाट असुरक्षित रहेको गुनासो गरेका छन् । एमबीबीएस अध्ययनका लागि नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको कलेजले सरकारको निर्देशन अनुसार फिर्ता नगरेपछि आन्दोलिन भएका बिद्यार्थीलाई मध्यरातमा होस्टलमा बाहिरका व्यक्ति लगाएर धम्क्याएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई गुहार मागेका छन् ।

३. गाँउमा बस्दैनन् वडा अध्यक्ष !
पर्वत । एक साता अघि मात्रै काठमाडौंमा सम्पन्न गैर आवसीय नेपालीहरुको संगठन एनआरएनको निर्वाचनमा मतदाताका रुपमा लाइनमा बसेको पर्वतस्थित पैयाँ गाँउपालिका–४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठका बिषयमा हामीले रिपोर्टिङ गरेका थियौं । उनले आफू लाइनमा बसे पनि मतदान नगरेको दाबी गरेका थिए । साथै परिवार जापान भएकाले चाडवाडमा मात्रै जापान जाने गरेको र बाँकी समय वडामा नै रहने तर्क गर्दै आफूलाई बदनाम गराउन खोजिएको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com