नेपाली क्रिकेट टीमको अबको कप्तान को ? यसो भन्छन् : सोमपाल कामी



प्रकाशित मिति : Oct 23, 2019

काठमाडाैँ । यतिबेला नेपाली क्रिकेट जगत एकाएक तंरगीत बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको वृत वरपर झण्डै साढे चारवर्ष रुमलिएको नेपाल क्रिकेट संघको (क्यान) ले सर्त सहित सफाई पाएको छ ।

अबका दिनमा नेपाली क्रिकेटले गतिलिने अपेक्षा गरिएको छ । तर, यहीबीचमा एक दशक लामो समय राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका पारस खड्काले एका–एक कप्तानी त्याग्ने घोषणा गरेपछि नयाँ बहस छेडिएको छ कि अब राष्ट्रिय टोलीको कप्तानी कस्ले गर्ने ? यस्तोमा चारजना खेलाडीको नाम यतिबेला निकै चर्चामा छ । उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी र दिपेन्द्रसिंह ऐरी । तर, यी खेलाडीहरुले पारसको बिडो थाम्न सक्लान कि नसक्लान ?

यस बाहेक एकदिवसीय मान्यतासम्मको सफलता हात पारेको नेपालले अहिलेकै प्रदर्शनलाई निरन्तरता दिदैँ यो भन्दा माथीको सफलता चुम्न सक्ला कि नसक्ला ? भर्खरै क्यानको अभिभावकत्व पाएको अवस्थामा खेलाडीहरुले क्यानबाट के कस्तो अपेक्षा गरेका छन् ? भन्ने विषयमा न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न कार्यक्रम’माराष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य, बलिङ र ब्याटिङ दुवैमा अब्बल, अलराउण्डर खेलाडी सोमपाल कामीसँग विशेष कुराकानी गरेको छ ।

टिभी जर्नलिष्ट बिरेन्द्र जैरुसंगको कुराकानीमा कामीले भन्नुभयो, पूर्वकप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिँदा नराम्रो लागेको र २,३ वर्ष अझै पारस खड्काकै कप्तानीको आवश्यक रहेको बताउनु भयो । नेपाली क्रिकेटलाई यो स्तरसम्म ल्याउनको लागि कप्तान पारस खड्काको भुमिका अहम रहेको भन्दै उहाँले पारसको नेतृत्वले नेपाली क्रिकेट टिमले महत्वपूर्ण स्थान ओगट्न सफल हुने बताउनु भयो ।

पारस खड्काले कप्तानी त्यागको घोषणा गरेसँगै राष्ट्रिय क्रिकेट टोलीको कप्तानी कस्ले गर्ने ? यो सर्वत्र चासोको विषय बनेको छ । यस्तोमा चारजना खेलाडीको नाम यतिबेला निकै चर्चामा छ । उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी र दिपेन्द्रसिंह ऐरी । तर, यी खेलाडीहरुले पारसको बिडो थाम्न सक्लान कि नसक्लान ? भन्ने प्रश्न पनि अर्कोतर्फ उब्जिएको छ । यिनै चासो र प्रश्नहरुकाबीच राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य, चर्चित क्रिकेटर सोमपाल कामी, कार्यक्रम छ प्रश्नमा । उनी भन्छन् ‘एकदिवसीय मान्यता प्राप्त नेपालले भर्खरै क्यानको अभिभावकत्व पाएको अवस्थामा पारस दाईले अझै केही समय कप्तानी सम्हाल्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com