आलम प्रकरण : घाइतेहरुलाई ईट्टाभट्टामा हालेको देख्ने प्रत्यक्षदर्शीको बयान, घाइते ओसार्ने ट्याक्टर भेटियो (भिडियो)



प्रकाशित मिति : Oct 22, 2019

१. बैतडीमा डोजर आतंक, दुई जना गम्भीर घाइते

बैतडी । सोमबार बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा उपभाक्ता समितिले अमानवीय शैलीमा सडक खन्न थालेपछि डोजर आक्रमणको घटना बाहिरिएको छ । सुनाखानदेखि पार्ससम्मको सडक खन्ने क्रममा ग्वाल्लेकमा विवाद भएको हो । डोजरले गुठीको जग्गा खन्न थालेपछि स्थानीयहरुले विरोध गरेका थिए । स्थानीयले गुठीको जग्गा भएकाले केही दिनमा भागबण्डा गरेपछि मात्रै खन्न दिने बताएका थिए ।

२. आलम प्रकरण : घाइतेहरुलाई ईट्टा भट्टामा पु-याउने ट्याक्टर प्रहरी नियन्त्रणमा

काठमाडौं । रौतहटको बम–विस्फोट घटनाको प्रत्यक्षदर्शी मध्ये एक हुन् मृतक ओशी अख्तरका ससुरा समसुल मिया । उनी घटनास्थलमा पुग्दा सबै जीवित भएको उनको दाबी छ । उनका अनुसार घटनास्थलमा घाइतेहरुलाई बाह्य मानिसले उद्धार गर्ने, उपचार गर्न लैजाने अवस्था थिएन । आलमकै मानिसहरुले डाक्टर बोलाएर उपचार गराउने आश्वासन देखाएका थिए । साथै सो स्थानमा बाह्य व्यक्तिलाई निषेध गरिएको थियो ।

‘भद्रगोल’ प्रकरण– ‘मिडिया हब’विरुद्ध एक हुदै कलाकारहरु

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिश्रृङखला ‘भद्रगोल’को उत्पादन गर्ने कम्पनी मिडिया हबले ‘जेपीटी प्रोडक्सन’ले उत्पादन सुरु गरेको कार्यक्रम ‘सक्किगोनी’ विरुद्ध कपिराइटको उजुरी गरेको छ । मिडिया हबका सञ्चालक सोम धितालले ‘सक्किगोनी’का निर्देशक तथा कलाकार ‘पाँडे’ भूमिकाका अर्जुन घिमिरे र जिग्री भूमिकाका कुमार कट्टेलविरुद्ध ‘पाँडे’ र ‘जिग्री’ भूमिकाचोरी गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् । तर, कलाकारहरुले ‘जिग्री’ र ‘पाँडे’ पात्र पहिले देखिनै आफूहरुले सिर्जना गरेकाले कसैको एकाधिकार नभएको दाबी गर्छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com