१२ वर्षसम्म लुकाइएको क्रूर अपराध : बेहोश बनाएर जिउँदै इट्टाभट्टामा जलाए ! (भिडियो)



प्रकाशित मिति : Oct 19, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै सम्बन्धित विषयमा विशेष ब्यक्तिहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :

१. आफ्ताब आलमः राजनीतिको आडमा जिउँदै जलाउनेलाई १२ बर्षदेखि संरक्षण ?

रौतहट । गत आइतबार रौतहट क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलम प्रहरी नियन्त्रणमा परे । उनी २०६४ साल मंसिर २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई इँट्टाभट्टामा हालेर जलाएको घटनाका मुख्य आरोपीका रुपमा घटना भएको १२ बर्षपछि प्रहरी नियन्त्रणमा परेका हुन् ।

के भएको थियो ?
२०६४ साल मंसिरमा संविधानसभाको पहिलो निर्वाचन हुँदै थियो । रौतहट–२ मा मोहम्मद आफ्ताब आलम नेपाली कांग्रेसका तर्फबाट उमेदवार थिए । राजपुरमा चुनावी रौनक थियो । आफ्ताबकै पक्षमा प्रचारप्रसारका लागि राजपुर देहातीका त्रिलोकपता सिंह, ओशी अख्तर लगायतका युवाहरु खटिएका थिए ।

प्रहरीका अनुसार अफ्ताबकै निर्देशनमा बुथ कब्जा गर्ने उदेश्यले फरहदवास्थित शेख इद्रिशको छाप्रोमा बम बन्दै थियो । बम बनाउँदै गर्दा आफ्ताबका अंगरक्षक भनिएका शेख सराजले सल्काएको चुरोट भुँइमा झरेर आगो सल्किएपछि बन्दै गरेको बम बिस्फोट भयो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटना स्थलमा कति व्यक्ति थिए, भन्ने एकिन नभएपनि ओशी अख्तर, त्रिलोकप्रताप सिंह सामान्य घाइते बने ।

२. जुम्लामा गाउँपालिकाको लापरवाहीका कारण लाखौं मूल्यको औषधि खोलामा फालियो

जुम्ला । कर्णालीमा औषधि अभाव भएका समाचारहरु आइरहन्छन् । तर, हिजो आज औषधि अभावका समाचारसँगै औषधि फलिएका समाचारहरु पनि आउन थालेका छन् । जुम्लामा गाँउपालिकाले भएको औषधि पनि स्वास्थ्य संस्थामा वितरण नगरी म्याद गुज्रेको भन्दै खोलामा फालेको समेत भेटिएको छ । जुम्लाको कनकासुन्दरी गाँउपालिकामा पुगेको औषधि स्वास्थ्य संस्थामा वितरण नगर्दा म्याद गुज्रिएर खोलामा फालिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com