फौजी किराले सुनसरीमा लहलह झुलेको धान सखाप पारेपछि किसानहरु बने इन्तु न चिन्तु (भिडियो)



प्रकाशित मिति : Oct 19, 2019

१. इलामको रोङ गाउँपालिकामा पर्ने चुरे क्षेत्रको विनाशले ल्याउदैछ डरलाग्दो खतरा

तराई मधेसको उर्वर भागलाई जोगाएर राख्नमा ठूलो योगदान रहेको नेपालको चुरे क्षेत्र निरन्तर अतिक्रमणमा पर्दै गएको छ । मधेस मात्र नभइ पहाडका लागि पनि रक्षाकवच झै बनेको चुरे क्षेत्रको संरक्षणमा चुके मुलुकको उर्वर भूमि मधेस चाँडै मरुभूमिममा परिणत हुने खतरा बढ्दो छ । तराई मधेसका धेरै क्षेत्रका लागि सिंचाईदेखि आवश्यक जैविक विविधता उपलब्ध गराउन चुरे क्षेत्रको भूमिका अहम छ ।

तर, अहिले मधेसका कतिपय जिल्लामा धेरै गहिरोसम्म खन्दा पनि पानी नभेटिने समस्या बढ्दो छ भने चुरे क्षेत्रमा भूक्षय जाने, जमिन नै भासिने समस्या बढ्दो छ । यही समस्याका कारण चुरे क्षेत्रमा धेरै वासिन्दाहरु विस्थापित बनिसकेका छन् । इलाममा दक्षिणी भेगमा पर्ने चुर क्षेत्रमा पनि यही समस्या बढ्दो छ । निरन्तर जान थालेको पहिरोका कारण चुरेका उर्वर क्षेत्रमा विनाशको ताण्डव सुरु भइसकेको छ । जमिन नै भासिएर गाउँ नै बग्ने त्रास बढे पनि चुरे संरक्षणका लागि गम्भीर कदम नचालिने उदेकको विषय बनेको छ ।

२.फौजी किराले सुनसरीमा लहलह झुलेको धान सखाप पारेपछि किसानहरु बने इन्तु न चिन्तु

देशमा अनिकाल लाग्ने सम्भावना देखिएको छ । धान र मकैको उत्पादन राम्रो हुने पूर्वका तराई र पहाडी जिल्लाहरुमा फौजी किराको प्रभावले भएका वाली सखाप पारेपछि किसानहरु पुर्पुरोमा हात राखेर बस्न विवश बनेका छन् । अन्नको भण्डार मानिएको क्षेत्रमा भएको अमेरिकी फौजी किराको आक्रमणले धान र मकैमा ठूलो क्षति पु-याएको छ ।

मानिसलाई अन्न मात्र नभई गाईवस्तुलाई घाँस परालको पनि अभाव हुने अवस्था देखिएको छ । फौजी किराको प्रकोपको विषयमा सरोकारवाला निकायहरु अझै मौन देखिदा अनिकालको सम्भावना नजिकै आइपुगेको बुझ्न गाह्रो पर्दैन पनि ।

फौजी किराले रामेछाप, ओखलढुंगा, झापा, तेह्रथुमसहित सुनसरीमा पनि असर पु-याएको छ । सुनसरीको ठूलो क्षेत्रफलमा लगाइएको धान बालीमा फौजी किराले आक्रमण गरेपछि किसानहरु इन्तु न चिन्त बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com