बदामको नियमित सेवनले कब्जियत हुनबाट बचाउँछ !



प्रकाशित मिति : Oct 16, 2019

काठमाडौं । स्वास्थ्यका लागि बदाम निकै लाभदायक मानिन्छ । बदामको स्वाद मिठो हुन्छ, जसको कारण पनि हामीले बदाम खाने गर्दैछौं । बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ । आज हामीले नियमित बदाम खाँदा स्वास्थ्यालाई हुने फाइदाहरुको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।

नियमित बदामको सेवनले स्वास्थ्यमा निम्न फाइदा गर्छः

– कब्जियत हुनबाट बचाउँछः

यदि तपाई कब्जियतको समस्याबाट गुज्रिरहनुभएको छ भने एक सातासम्म नियमित १०० ग्राम बदाम खानुहोस् । यसो गर्नाले तपाईको पेटमा भएको सारा समस्याहरुबाट तपाईलाई छुटकारा मिल्छ र केही भएपनि राहत मिल्छ । यसको नियमित सेवनले कब्जियतको समस्याबाट टाढा राख्छ ।

– शरीरलाई ताकत दिन्छः
जसरी अण्डाको सेवनबाट शरीरमा उर्जा मिल्छ, त्यसरीनै बदामको सेवनले पनि शरीरमा उर्जा दिन्छ । यसका साथै नियमित बदामको सेवनले पाचन प्रक्रियालाई पनि तन्दुरुस्त बनाउँछ । अझ भन्नुपर्दा जाडो समयमा यसको सेवन निकै उपयोगी मानिन्छ ।

– गर्भवती महिलाका लागि फाइदाः
गर्भवती महिलाले बदाम खानु आवश्यक छ । नियमित बदाम सेवन गर्नाले गर्भमा बढिरहेको बच्चाको बृद्धि/बिकासमा पनि सहयोग गर्छ । साथै गर्भवती महिलालाई ताकत पनि प्रदान गर्छ ।

– त्वचाको लागि फाइदाः
ओमेगाले भरिपूर्ण बदामले त्वचालाई कोमल र नरम बनाउन मद्दत गर्छ । कयौंले बदामको पेस्ट बनाएर फेसप्याकको रुपमा प्रयोग पनि गर्दै आएका छन् । यस्तो फेसप्याकले जाडो समयमा पनि त्वचालाई नरम बनाइराख्न सकिन्छ ।

–मुटु रोगबाट टाढा राख्छः
नियमित बदामको सेवनले मुटु सम्बन्धि विभिन्न रोग लाग्नबाट बचाउँछ । बदाम खाइराख्ने मानिसलाई मुटु रोग प्राय लाग्दैन । यसका साथै बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिदैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com