लोक सेवा आयोगको विधेयक प्रमाणीकरण



प्रकाशित मिति : Oct 16, 2019

काठमाडाै‌ । प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गर्नु भएको छ ।

उहाँले प्रमाणीकरण गर्नुभएको विधेयक केही हप्ताअघि प्रदेशसभाबाट पारित भई आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिफारिस भई आएको प्रदेश प्रमुख सचिवालय कानून महाशाखाका प्रमुख अधिकृत राजेश तामाङ बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com