चिनियाँ राष्ट्रपति सीको भब्य स्वागत, के-के हुदैछन् सम्झौता ? जापानको आँधीबेहरीमा नेपालीको अवस्थाप्रति दूतावास मौन (भिडियो)



प्रकाशित मिति : Oct 12, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विषेश कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. चिनियाँ राष्ट्रपति सी नेपालमा, नेपाल–चीनबीच के–कस्ता सम्झौता हुदैछन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आइपुगेका छन् । भारतको औपचारिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार साँझ नेपाल आइपुगेका हुन् । उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री र सरकारी अधिकारीहरु सीको स्वागतका लागि विमानस्थल पुगेका थिए । चिनियाँ राष्ट्रप्रमुखको नेपाल भ्रमण २३ वर्षपछि भएको हो । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणका बेला नेपाल–चीनबीच विभिन्न दुईपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने्छ ।

२. एकजना चिकित्सकको भरमा डडेल्धुरा अस्पताल !

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको ‘डडेल्धुरा अस्पताल’लाई सरकारले देशका विशिष्ट अस्पतालका रुपमा घोषणा गरेपनि डाक्टर नहुदा यहाँ सामान्य उपचार पनि हुन सकिरहेको छैन् । अहिले विशेषज्ञ सेवासहितको विशिष्ट अस्पताल एकजना चिकित्सकको भरमा चलिरहेको छ । दरबन्दी अनुसारका चिकित्सक नपाइकनै नाम परिवर्तन गरी संघीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको हो । चिकित्सक अभाव, कर्मचारीको अभाव तथा भौतिक संरचनाको समेत अभाव हुँदा अहिले अस्पतालमा पोष्टमार्टमका लागि पनि अन्य जिल्लाबाट चिकित्सक बोलाउनुपर्ने वा शब पठाउनुपर्ने अवस्था छ ।

३. जापानमा शक्तिशाली ताइफुन, नेपालीहरुको सुरक्षाका लागि मौन दूतावास !

जापानमा शक्तिशाली ‘ताइफुन’ आँधीबेहरीका कारण जनजीवन प्रभावित भएको छ । ताइफुनको पूर्व सूचना भएरपनि तयारी गरेर बसेकाहरु त्रासमा बाँचिरहेका छन् । यो ताइफुन आकार, गति तथा प्रभावको आधारमा हालसम्मकै शक्तिशाली रहने अनुमान गरिएको छ । हगिविस भनेर चिनिने यो टाइफुनले तोकाई तथा कान्तो क्षेत्रमा हिंसात्मक असर देखाइसकेको छ । शनिबार विहानैबाट सिजुवका तथा चिबा केनमा भौतिक तथा मानवीय क्षतिका घटनाहरु घटेका छन् । १० औं हजार घरहरुमा विद्युत आपूर्ति बन्द भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com