पाल्पामा ६ हजारको हाराहारीमा अपांगता भएका व्यक्तिहरु, दया नभई अवसर दिन आग्रह (भिडियो)



प्रकाशित मिति : Oct 12, 2019

१. पाल्पामा ६ हजारको हाराहारीमा अपांगता भएका व्यक्तिहरु, दया नभई अवसर दिन आग्रह

अपांगता भएका व्यक्तिहरुको संख्या समाजमा थपिदो छ । बिभिन्न कारणले हुने अपांगताको बढ्दो संख्या निराकरण तर्फ कसैको पहल भएको पाइदैन । तर सरकारले भने विभिन्न १० प्रकारले हुने अपांगताको वर्गीकरण गरि सहयोग उपलब्ध गराउँदै आएको छ । अहिले स्थानीय तहमार्फत अपांगता भएका व्यक्तिहरुलाई सरकारले सहयोग उपलब्ध गराउँदै आएको छ ।

पाल्पामा मात्र ६ हजारको हाराहारीमा अपांगता भएका व्यक्तिहरुको उपस्थिति छ । उनीहरुले स्थानीय तहमार्फत आर्थिकदेखि बिभिन्न सहयोग पाउँदै आएका छन् । तर उनीहरुलाई क्षमता अनुरुपको बिभिन्न सिपहरु सिकाएर स्वरोजगारतर्फ उन्मुख गराउनु पर्ने आवाजहरु पनि उठन थालेका छ्न । यस्तो गर्न सकिए अपांगता भएका व्यक्तिहरु पनि आत्मनिर्भर बन्नतर्फ उन्मुख हुने थिए ।

२. बडादशैंका अवसरमा नाँचिने सराय नाँच अहिले बिभिन्न भेगमा विस्तार हुँदै

सराय नाँच पश्चिम पहाडी जिल्लाको मौलिक संस्कृति नै हो । दशैं र बिभिन्न चाडपर्वमा नाँचिने सराय नाँच गुल्मी जिल्लामा परम्परागतरुपमा नाँचिदै आएको लोकप्रिय नाँच पनि हो । विशेषत बडादशैंका अवसरमा नाँचिने सराय नाँच अहिले बिभिन्न भेगमा विस्तार समेत हुन थालेको छ । सराय नाँचको प्रतियोगिता नै आयोजना गरेर यस्को लोकप्रियतालाई थप कसी समेत दिन थालिएको छ । विशेषत कोत र मन्दिरहरुमा नाँचिने सराय नाँचले गाउँघरमा हुने वैमनस्य र विवादलाई समेत पखाल्दै आएको छ ।

३. पाल्पाका एक युवा स्थानीय जातको हराउन लागेका कुखुराहरु पालेर राम्रो आयआर्जन गर्दै

पाल्पाका युवाहरु बिभिन्न पेशा गरेर आत्मनिर्भरको बाटोमा लाग्न थालेका छन् । खाडीको गर्मीमा पसिना बगाएर आएका युवाहरुले देशको माटोको सुवासलाई पनि मन पराउँन थालेपछि बिभिन्न पेशा गरेर आत्मनिर्भरताको बाटोमा लाग्न थालेका छन् । कोही फलफूल खेती र त कोही तरकारी खेती , कोही बाख्रापालन त कोही कुखुरापालनमा लागेर मनग्ये धन आर्जन गर्न थालेका छ्न ।

कुखुराको मासुमा नेपाल आत्मनिर्भर बन्दै गर्दा पाल्पाका एक युवाले स्थानीय जातको हराउन लागेका कुखुराहरु पालेर राम्रो आयआर्जन गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com