चाडपर्वकाे खानपानमा ध्यान नदिए फुड पोइजनको जोखिमः चिकित्सक



प्रकाशित मिति : Oct 10, 2019

काठमाडौं । खाना विषाक्त भएर वा खानेकुरा अपच भएर हुने झाडावान्तालाई ‘फुड पोइजन’ भनिन्छ। विभिन्न किसिमका ब्याक्टेरिया इकोली, सालमोनेलाजस्ता व्याक्टेरियल संक्रमणका कारणले पनि फुड पोइजन हुन्छ ।

खानेकुरा र पानीको माध्यमबाट शरीरमा ब्याक्टेरिया प्रवेश गर्छ। छिटो प्रजनन् हुने भएकाले शरीरमा प्रवेश गरेको ३० मिनेट देखि ४८ घन्टामा शरीरले प्रतिक्रिया देखाउन सुरु गर्दछ। यो नै फुड पोइजनको पहिलो लक्षण हो। जिवाणु अनुसारको मानिसले लक्षण देखाउन थाल्दछ। जस्तो की भिव्रोकोलेरा जिवाणूका कारण पातलो दिशा र वान्ता हुने गर्दछ। सिगेलाका कारण दिशाबाट रगत जान्छ। अमिबाका कारण चिप्लो दिशा (आउँ) जाने जस्ता समस्याहरु देखा पर्दछ। हामीले सुन्दै आएको सामूहिक भोज खाएर एकैपटक धेरै जना बिरामी हुने र मृत्यु नै हुने अधिकाश घटनाको कारण ’फुड पोइजन’ हो बाइट डा. युवराज शर्मा,फिजिसियन तथा पेट–कलेजो विज्ञ

फुड पोइजनबाट बच्ने उपाय

पानी उमालेर, फिल्टर गरेर पिउने, प्रशस्त पिउने,
खाना पकाएर लामो समय नराख्ने
धेरै खानेकुरा एकैपटक नखाने,
पकाएको खानेकुरा छोपेर राख्ने,
झिंगा भन्किएको खानेकुरा नखाने,
खाना पकाउँदा र खानुअघि साबुन पानीले हात धुने,
फलफूल पनि राम्रोसँग पखालेर खाने,
प्याकेजिङ खाना, पेयपदार्थ, मैदाका परिकार, सकभर नखाने
चाडपर्वको बेला पकाइएको मासु, चिल्लो रोटी लामो समयसम्म राखेर नखाने।

पछिल्लो समय विवाहको भोजभतेर, होटल, क्यान्टिन, पिकनिकमा खाइने अशुद्ध खानाको कारण फुड पोइजन हुनेहरुको संख्या पनि बढ्दै गएको छ । अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्याले देखाउँछ ।

सुरुसुरुमा झाडाबान्ता हुने, ज्वरो आउनेजस्ता सामान्य लक्षण देखा परे पनि फुड पोइजन निकै जटिल र गम्भीर रोग हो । समयमै निराकरण हुन नसके बिरामीको मृत्यु पनि हुन सक्छ । त्यसैले स्वास्थ्यको बिशेष ध्यान दिउ फुड पोइजन भए तुरुन्त स्वास्थ्य सस्था जाऔँ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com