सुनचाँदीकाे मूल्य स्थिर



प्रकाशित मिति : Oct 10, 2019

काठमाडौँ । बिहीबारदेखि नेपाली बजारमा सुनचाँदीको कारोबार खुल्ला भएपनि मूल्यमा कुनै उतारचढाव भएको छैन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा नै कारोबार भएको छ ।

तेजावी सुन पनि ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । उता डलरको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार डलरको भाउ खरिददर १ सय १४ रुपैयाँ २ पैसा र विक्रीदर १ सय २४ रुपैयाँ ५१ पैसा तोकेको छ । यसअघि बुधबार डलरको कारोबार १ सय १३ रुपैयाँ ९४ पैसामा भएको थियो । ०००


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com