दशैं सम्ममा ११ प्रतिशत बजेट खर्च



प्रकाशित मिति : Oct 10, 2019

काठमाडौँ । नेपाल महालेखा नियन्त्रकको कार्यालयको तथ्याङक अनुसार दशैं सम्ममा ११ प्रतिशत बजेट खर्च भएको छ ।

तथ्याङ्क अनुसार चालु खर्च तर्फ १ खर्ब ४९ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ । जुन लक्ष्य अनुसारको १५ दशमलव ५९ प्रतिशत हो । पूँजीगत तर्फ जम्मा ४ दशमलव ३४ प्रतिशत अर्थात १७ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ ।

वित्तीय व्यवस्थापनमा पनि २ अर्ब १४ करोड रुपैयाँ खर्च भइसेको छ । त्यस्तै कुल ११ खर्ब १२ करोड आम्दानी गर्ने लक्ष्य राखेकोमा दशैं अघि सम्ममा १६ दशमलव ४३ प्रतिशत अर्थात १ खर्ब ८२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को पहिलो तीन महिना सकिनै लाग्दा समेत विकास खर्च यसवर्षपनि निराशाजनक देखिएको छ । यसले यस वर्ष पनि वर्षको अन्त्यमा मात्रै खर्च गर्ने प्रवृति दोहोरीने निश्चित जस्तै भएको छ ।

सुरुमा कुनैपनि काम नहुने र बजेट खर्च न्यून हुने तर पछि तिब्र रुपमा बजेट खर्च हुने प्रवृतिले यस वर्षपनि बेरुजु बढन सक्ने अर्थविदहरु बताउँछन् । महालेखापरिक्षकको कार्यालको तथ्याङ्क अनुसार अहिले सम्म ६ खर्ब भन्दा बढी रुपैयाँ बेरुजु देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com