दुई लाख नगदसहित ११ जुवाडे प्रहरी नियन्त्रणमा



प्रकाशित मिति : Oct 09, 2019

काठमाडौं । नेपाल प्रहरीले रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोंगबुमा रहेको पूर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिइएकाहरुसँग तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ ।

प्रहरी नियन्त्रणमा परेकाहरुसँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com