दशैंमा पिङमा मच्चिएर भुँई छोड्ने चलन लोप हुँदै



प्रकाशित मिति : Oct 09, 2019
  • रामहरि श्रेष्ठ

ओखलढ्ंगा । ‘असारमा हिलोमा पस्नु असोजमा भुँई छोड्नु’ यो परम्परागत मान्यता नेपाली समाजमा अझै पनि जीवित नै छ ।

असारमा खेत रोप्ने र असोजमा लिंगे पिङमा मच्चिएर भुँई छोड्ने चलन सयौ बर्ष पूरानो मान्तया हो । तर यी मान्यताहरु मासिदैछन् , विर्सन थालेको यो मान्यता चलनमा मात्र सीमित थिएन , यस्ले बोक्ने गरेका अर्थहरु पनि गम्भीर छन् । असारमा हिलोमा पस्ने परम्परा बाध्यताले जीवित भएपनि लिंगे पिङहरु मच्चिन छोडेको धेरै भइसक्यो ।

गाउँघर तिर पनि आजभोलि लिंगे पिङ खोज्नु पर्ने अवस्थामा पुग्दै गर्दा शहर बजारमा लिंगे पिङको दशैंको शब्द शुभकामना र पोष्टकार्डमा सीमित बन्न खोज्दैछ । आकाश नै छुने गरि मच्चिने लिंगे पिङहरुले दशैं र तिहारको आगमनको संकेत मात्र गर्थेनन र असोजमा धर्ती छोड्दा मिल्ने पूण्यको पनि शास्त्रहरुमा व्याख्या भएको पाइन्छ । दशैं र तिहारको रौनकमा अझ रौनक थप्ने लिंगे पनि नेपाली मौलिक संस्कृति र परम्पराको द्योतक पनि मानिन्छ ।

आफ्नै मौलिक संस्कृति वाकेको पिङको प्रचलन हराउनमा विभिन्न कारणहरुले प्रभाव पारेका छन । परम्परा देखि दशैको एउटा आवश्यक अध्यायकोरुपमा रहेको पिङको वारेमा पुरानो पुस्ताले नयाँ पुस्तालाई बुझाउन नसक्नु र मनोरञ्जनको साधनमा मात्र सीमित गराउन खोज्नु पनि कारक पक्षकोरुपमा लिइएको छ । शहरमा पिङ हाल्ने स्थान र दक्ष जनशक्तिको अभाव हुनु लगायतका कारणहरुले पिङको प्रचलनमा कमी आएको सर्वसाधारणको वुझाइ छ ।

लिंगे पिङ आफ्नोपन हो , मौलिक चिनारी हो , यस्मा नेपालीपनको सुगन्ध र सुवास पनि छ । त्यसैले लिंगे पिङको लोप हुन नदिन गाउँघर , समाज र शहरमा क्रियाशील सामाजिक संस्थाहरु एवं सुरक्षा निकायले तत्परता देखाउन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com