एसिड अट्याक : मुस्कान, संगीता, बिन्दबासिनी र बसन्ती लाइभ, भन्छन्-‘एसिड छ्याप्नेलाई कडा सजाय होस्’ (भिडियो)



प्रकाशित मिति : Oct 08, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएका छन् ।

निम्न विषयमा रिपोर्टहरु पनि प्रस्तुत गरिएका छन्ः

१. एसिडको सहज विक्री वितरण रोकियोस !
काठमाडौं । नेपालमा केही वर्ष अघिसम्म फ्याट्ट फुट्ट सुनिने एसिड अट्याक अर्थात तेजाब छ्याप्ने अपराध अहिले धेरै सुनिन थालेको छ । प्रेम तथा विवाह अस्वीकार वा अन्य रिसको कारण अहिलेसम्म करीब २ दर्जन किशोरी, महिलाहरु यसको सिकार बनिसकेका छन् । हेटौडाँकी विन्दवासिनी कंशाकार, काठमाडौंकी संगिता मगर र सीमा बस्नेत, काठमाडौैंकै जेनी खड्का, रौतहटकी सम्झना कुमारी र सुस्मिता कुमारी, नवलपुरकी बसन्ती परियारदेखि केही दिन अघि मात्रै तेजाब प्रहारको सिकार बनेकी मुस्कान खातुनसम्म आइपुग्दा एसिड अट्याकमा पर्नेको संख्या १६ पुगेको छ । २ जनाले भने ज्यान गुमाइसकेका छन् ।

२. मुस्कुराउँदै छिन् ‘मुस्कान’
काठमाडौं । एसिड अट्याकको पछिल्लो घटना विरगञ्जकी १४ बर्षीया मुस्कान खातुनमाथि भयो । एक महिनाअघि विद्यालय जाँदै गरेकी खातुनलाई उनको बाटो ढुकेर बसेका स्थानीय सम्साद मियाँ र माजिद आलमले उनलाई पहिले त पानीका रुपमा पिउन आग्रह गरे । तर, मुस्कानले उनीहरुलाई वेवास्ता गरेपछि उनको अनुहारमा एसिड छ्यापे । उनीहरुलाई प्रहरीले घटनाकै दिन र भोलिपल्ट नियन्त्रणमा लिइसकेको छ ।

३. यस्तो पीडा कसैलाई नपरोस् : संगिता मगर
काठमाडौं । पाँच बर्ष अघि बसन्तपुरको एक ट्युसन सेन्टरभित्र एकाविहानै एसिड अट्याक भयो । एसएलसीको तयारी गरिरहेकी संगिता मगर र सीमा बस्नेतमाथि जीवन बिकले एसिड छ्याप्पेका थिए । यो घटनापछि एसिड अट्याकको बिषयमा नेपालमा बहस सिर्जना हुन थालेको थियो । सुन्दर भविष्यको कल्पना गरेर एसएलसीको तयारी गरिरहेका दुई किशोरीमाथि एसिड अट्याक भएपछि क्षणभरमै आफ्नै अनुहार ऐनामा हेर्न मुस्किल हुन थाल्यो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com