बडादशैं सभ्य, भव्य, सुरक्षित र मर्यादित बनाउन लागिपर्‍यो पोखरा महानगरपालिका (भिडियो)



प्रकाशित मिति : Oct 06, 2019

पोखरा । छपक्क छोपेको छ मुलुकलाई बडादशैंले । हिन्दू नेपालीहरुको महान चाड मात्र नभई आम नेपालीको संस्कृति, संस्कार, शैली र सभ्यता नै बनिसकेको दशैंको उमंगमा नझुम्ने नेपाली नै हुँदैनन् । हुने खानेको मात्र नभइ हुँदा खानेहरुले पनि दशैंलाई आफ्नो गच्छेले भ्याएसम्म स्वागत गर्दै आएका छन् ।

देशका सबै शहरहरुमा झैं पर्यटकीय नगरी पोखरामा पनि दशैंको स्वागत हर्षोल्लासका साथ गरिदैछ । पोखराको दशैंलाई भव्य, सभ्य, सुरक्षित एवं मर्यादित बनाउन पोखरा महानगरपालिका स्वयं अघि सरेको छ । महानगरपालिकाले दशैंको माग र उपभोक्ताको चाहनालाई ध्यानमा राखेर पहिलादेखि नै पोखराको बजारमा विशेष निगरानी बढाएको थियो ।

जसले गर्दा कालोबजारीलाई निरुत्साहित गर्न केही हदसम्म सहयोग पुगेको महसुस गरिएको छ भने दशैंका लागि पोखरा मगाइएको खसी बोका र भेडा च्याङ्ग्रामा समेत कर नलिएर पोखरावासीको दशैंमा केही योगदान गर्ने प्रयास गरेको छ ।

यता कास्की प्रहरीले पनि दशैं अवधिभर कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा व्यवस्था अपनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com