धरान उपमहानगरमा थुप्रिने फोहोरको व्यवस्थापन हुनेभयो (भिडियो)



प्रकाशित मिति : Oct 05, 2019

१. धरान उपमहानगरमा थुप्रिने फोहोरको अब व्यवस्थापन हुने भो, फोहोरबाट बायोग्याँस निकालिदै

फोहोर संघीय राजधानीको मात्र नभई देशका शहरोन्मुख सबै ठाउँहरुको समस्या हो । फोहोरले सिर्जना गर्ने समस्याहरुले सबै शहरहरुलाई आक्रान्त पार्दै गर्दा यस्को विकल्प खोज्न धेरै स्थानीय तहहरु अघि सरेका छन् । कुनै पनि शहरको सभ्यतासंग त्यो शहरको स्वच्छता पनि जोडिएको हुन्छ । तर नेपालका अधिकांश स्थानमा ‘डम्पिङ साइट’ कै अभाव र फोहोरलाई मोहरमा परिणत गर्ने जाँगर नचल्दा शहरहरु दुर्गन्ध पालेर बस्न विवश छन् ।

तर पूर्वका दुई ठूला शहरहरु धरान र इटहरीले भने अब फोहोरलाई तह लगाउने उपाय खोजेका छन् । पहिले यी दुबै शहरको फोहोर फ्याल्ने साझा स्थान चारकोशे झाडी थियो । तर अब भने यी दुई शहरले निजी क्षेत्रसंगको सहकार्यमा फोहोर प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने भएका छन् । धरानमा २४ करोडको लागतमा प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा समेत पुगिसकेको छ ।

२.तेह्रथुममा प्रदेश १ कै ठूलो शीत भण्डार बन्ने भएपछि तरकारी खेतीमा लागेका किसानहरु बने दङ्ग

समग्र मुलुकवासी अहिले तरकारीको मूल्य वृद्धिले चर्को मारमा परेका छन् । तरकारी उत्पादनका लागि उर्वर भूमि भएपनि जाँगर नचलाउँदा र उर्वर खेतबारी बाँझो छोड्दा तरकारीमा परनिर्भरताले सगरमाथाको चुचुरो नै नाघिसकेको अवस्था छ । त्यसमाथि दशैं जस्तो चाडवाडमा मासुलाई सुहाउने प्याजको भाउ अकाशिदा मासुसमेत खल्लो हुने चर्चा समेत गर्न थालिएको छ । तरकारीका लागि किसानले बजार भाउ नपाउने , मौसमी तरकारी विक्रि नभएर सडाउनु पर्ने जस्ता समस्याले पनि नेपालका तरकारीको बजारमा जहिले पनि उथलपथुल मच्चिदै आएको छ ।

तर अब प्रदेश नम्बर एकको तरकारीका लागि उर्वर मानिएको तेह«थुममा भने प्रदेश १ कै ठूलो कृषि उपज शीत भण्डार निर्माण गरिने भएको छ । ४ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको शीत भण्डारमा तेह्रथुममात्र नभइ आसपासका जिल्लाका उत्पादित तरकारी पनि भण्डारसंग गर्न सकिने छ । शीत भण्डार निर्माण हुने भएपछि तरकारी खेति गर्ने कृषकहरु थप उत्साहित बन्दा उपभोक्ताले पनि चाहेको बेलामा खान मन लागेको तरकारी उपभोग गर्न पाउने भएका छन् ।

३.६० हजारको लगानीबाट सुरु भएको वराह ज्वेलर्सले २५ बर्ष टेक्दा पायो अभूतपूर्व सफलता

कुनै पनि ठूलो व्यवसाय टुप्पोबाट पलाएको हुँदैन । अहिले संसार भर साम्राज्य कायम गरेको कोकाकोला पनि अमेरिकाको सडकबाट नै विक्रि सुरु भएको थियो । नेपालका अधिकांश धनाढय उद्योगी व्यवसायीको विगत पनि सामान्य व्यापारीबाट उठेको इतिहास ताजै छ । यही मेसोमा धरानको वराह ज्वेलरी इन्डष्ट्रिजको इतिहास पनि घतलाग्दो छ । सानो सुनपसलबाट सुरु भएको यो इन्डष्ट्रिज अहिले नेपालको बिभिन्न शहरमा र मुुलुक वाहिर ३ देशमा स्थापित भइसकेको छ ।

६० हजार रुपैयाको लगानीमा २०५२ सालबाट सुरु भएको यो इन्डष्ट्रिजले २५ बर्षे यात्रा पूरा गर्दा २५ भन्दा बढी कम्पनीसंग जोडिन पुगेको छ । धरानको शानकोरुपमा उभिएको यो इन्डष्ट्रिजले अहिले कृषि, डिपार्टमेन्ट, ट्राभल एवं गीत संगीतको क्षेत्रमा समेत लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com