प्रहरीबाटै असुरक्षित भएको भन्दै एक ब्यक्ति मिडियामा, एम्बुलेन्सको बाटो छेक्दा बिरामीको ज्यान गयो (भिडियो)



प्रकाशित मिति : Oct 03, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :

१. प्रहरीबाटै असुरक्षित भएको भन्दै गोप्य भिडियो सन्देश

काठमाडौं । प्रहरीको खोजी सूचिमा रहेका एक व्यक्तिले प्रहरीले आँफूलाई जतिबेला पनि इन्काउन्टर गर्न सक्ने भन्दै गोप्य स्थानबाट भिडियो रेर्कड गरी सुरक्षाको माग गरेका छन् । लामो समयदेखि प्रहरीलाई सूचना दिने काम गरेको दाबी गर्ने यी व्यक्तिले आँफू प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेको र आँफू प्रहरीको नियन्त्रणमा आउनुसाथ प्रहरी भित्रका केही प्रहरी निरीक्षकहरुको धन्दाको पोल खुल्ने डरले उनीहरुले आफ्नो इन्काउन्टर गर्न लागिपरेको दाबी गरेका छन् ।

२. कर्मचारीहरुको मिलेमत्तोमा तीन करोडको योजनामा डेढ करोड सीधै गोजीमा !

मुगु । मुगु जिल्लाको एक सडकमा मर्मत योजनामा करीब डेढ करोड भन्दा पनि बढी घोटाला भएको छ । गमगढी–नग्मा सडकखण्ड छायाँनाथ रारा नगरपालिका–८ झ्यारी खोलादेखि गमगढी शुन्य विन्दुसम्मको सडक मर्मतका लागि आर्थिक वर्ष २०७४÷७५ मा सडक डिभिजन कार्यालय जुम्लामा ३ करोड २३ लाख ९ हजारमा सम्झौता गरेको रकममा डेढ करोड रुपैयाँ घोटला भएको हो । यो सडक बनाउने जिम्मा पाएको प्रमुख ठेकेदार कार्मा नोर्वेल तामाङको धोधुंगा कन्ट्रक्सन प्रालिले ३ करोडमा लिएको ठेका सब ठेकेदार हृदयसिंह दमाईलाई डेढ करोड मात्र दिए । सब ठेकेदारले आफूले पाएका बजेटमा काम पनि सम्पन्न गरे ।

३. एक व्यक्तिले एम्बुलेन्स रोकिदिदा बिरामीको बाटोमै ज्यान गयो

नुवकोट । एम्बुलेन्सलाई एक व्यापारी युवाले जबरजस्ती रोकेकै कारण नुवाकोटमा एक महिलाको उपचार नपाएर बाटोमै ज्यान गएको छ । रसुवाको उत्तरगया गाउँपालिका–२ की २५ वर्षीया ईन्द्रकुमारी तामाङलाई बोकेर आएको एम्बुलेन्सले आफ्नो मोटरसाइकललाई छोएको भन्दै मंगलबार साँझ एक स्थानीय युवाले अवरोध गरेका थिए । जसको कारण तामाङको अस्पताल नपुग्दै ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com