१३ औं सागका लागि तयारी द्रुतरुपमा भइरहेको छ : रिम रानाभाट



प्रकाशित मिति : Oct 02, 2019

काठमाडौं । नेपालले आयोजनाको जिम्मा पाएको १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै छ । मंसिर १५ गतेबाट काठमाडौँ र पोखरामा सुरु हुने प्रतियोगिताका लागि अब तयारी रफ्तारमा बढाउन आवश्यक देखिएको छ । सागको आयोजना प्रतिष्ठाको विषय भएकाले पनि तोकिएकै समयमा संचालन गर्न नेपाललाई लागि चर्को दबाब छ ।

अहिले एकातर्फ सागमा सहभागी हुने विभिन्न खेलका खेलाडीको छनोट जारी छ भने अर्कातर्फ पूर्वाधार निर्माणको काम पनि चलिरहेकै छ । तर, पूर्वाधार निमार्णको प्रश्नले सागको आयोजना तोकिएकै समयमा हुन्छ कि हुदैन भन्ने शंका उपशंका पनि उत्पन्न हुन थालेको छ । नेपालले सहभागीता जनाउने वा आयोजना गर्ने जुनसुकै प्रतियोगिताका लागि पनि मुखैमा आएर तयारी थाल्ने परम्पराले नेपाललाई यसपटक सागको आयोजनामा हम्मेहम्मे बनाएको छ ।

यस अघि दुई पटक मिति सारिएको साग के अब तोकिएकै समयमा आयोजना होला त ? समग्र मुलुकको प्रतिष्ठासंग गाँसिएको यो प्रश्नअझै उठन भने छोडेको छैन । अन्तर्राष्ट्रिस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरुको तयारी कस्तो भईरहेको छ ? के भौतिक पूर्वाधार निमार्णका काम समयमै सम्पन्न होलान ? यी र यस्तै विषयमा केन्द्रित रहेर सागका राष्ट्रिय तयारी टिमका संयोजक रिम रानाभाटसंग टिभी जर्नलिष्ट वीरेन्द्र जैरुले कुराकानी गर्नुभएको छ ।

कुराकानीको क्रममा संयोजक रानाभाटले १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको सञ्चालनको लागि पूर्वाधारहरुको निर्माणका साथै नेपालको सहभागिता तथा उत्कृष्ट नतिजाको लागि खेलाडीहरुको प्रशिक्षणको सन्दर्भ र अन्तर्राष्ट्रिय समन्वयको लागि नेपाल ओलम्पिक कमिटी र सम्बद्ध संस्थाहरुले द्रुत गतिमा काम गरिरहेको जानकारी दिनुभयो । ( कुराकानी विस्तृत भिडियोमा)


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com