सभामुख महरा प्रकरण : हिजोदेखि बेपत्ता पारिएकी ती महिलाले किन फेरिन् बयान ? (भिडियो)



प्रकाशित मिति : Oct 01, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएका छन् :

१. सभामुख महरा प्रकरण : अब प्रहरीले के गर्ला ?

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो । राजीनामा पत्रमा महराले, ‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाएर लगाइएको आरोपबारे सत्य–तथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको छु’ भनेर उल्लेख गरेका छन् ।

२. ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई किन समात्दैन प्रहरी ?

काठमाडौं । भ्रष्टाचारविरुद्ध ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेको ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा भएको आक्रमण भएको सर्वत्र आलोचना भइरहेको छ । अभियान अन्र्तगत शनिबार भरतपुर चौबिसकोठीमा कार्यक्रम गर्न पुगेका शाहीमाथि आक्रमण भएको थियो । ग्लोबल होटल परिसरमा रहेको माइक्रो भ्यान भित्र रहेका शाहीमाथि अज्ञात व्यक्तिहरुले फलामे रड, लठ्ठी, ढुङ्गालगाएतले आक्रमण गरेका छन् । आक्रमणबाट टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका शाहीले आँफुलाई आक्रमण गर्ने नेकपाका कार्यकर्ता भएका आरोप लगाएका छन् ।

३. वीर अस्पतालका निर्देशकको नक्कली बिल तथा कर्मचारी भर्ना अख्तियारको नजरमा !

काठमाडौं । वीर अस्पतालमा कुनै कार्यक्रमनै नभएका दिन लाखौंको खाजा खर्चको रकम सरकारी ढुकुटीबाट भुक्तानी भएको छ । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले स्विकृतिमा चार लाख ६७ हजार ३ सय रुपैयाँ दुई ओटा रेष्टुरेन्टहरु अन्नपूर्ण क्याफे र जी एण्ड बी क्याफेलाई भुक्तानी गरिएको छ । आर्थिक बर्षको अन्त्यमा बाँकी रहेको पैसा खल्तीमा हाल्न नक्कली बिल बनाई वीर अस्पतालका पदाधिकारीले पैसा लिएको सजिलै बुझ्न सकिन्छ । कार्यक्रम भएको र कार्यक्रममा सहभागीहरुको कुनै माइनुट अस्पतालमा छैन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com